उदयपुरको मत गणना अन्तिम चरणमा, डा. खड्का एक हजार ८२५ मतको अग्रता
उदयपुर - उदयपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । मत गणनादेखि नै अग्रता कायम गरेको डा. नारायण खड्काले पछिल्लो चरणमा पनि सोही सेरोफेरोमा मत ल्याईरहेको छ ।
पछिल्लो मत परिणाममा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्का एक हजार ८२५ मतले अग्रता कायमै रहेको छ । डा. नारायण खड्काले २७ हजार ४८२ मत ल्याउँदा नेकपा एमालेकी मन्जु कुमारी चौध...









