उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फको मतगणनाको पछिल्लो मत परिणाममा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्का एक हजार ७१३ मतले अग्रता कायमै रहेको छ । डा. नारायण खड्काले २१ हजार ८३३ मत ल्याउँदा नेकपा एमालेकी मन्जु कुमारी चौधरीले २० हजार १२० मतले पछ्याई रहेको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार ५३ हजार १०२ मत गणना भईसकेको जनाएको छ । भने ३ हजार ३२१ मत बदर भएको छ ।

यस्तै राप्रपा नेपालका धुर्व रायमाझीले २ हजार ६६६ मत, जसपाका गोपाल राईले एक हजार ३४६ मत र स्वतन्त्र राष्ट्रिय पार्टीका उद्धव अधिकारीले २ हजार ३७२ मत ल्याएका छन् ।

उदयपुर निर्वाचन क्षेत्र १ को प्रतिनिधि सभाको लागि ७६ हजार ७५६ मत खसेको छ ।

 

तपाईको प्रतिक्रिया