उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा सदस्य १ (ख) मा हिमाल कार्की २१५ मतले विजयी भएको छ । सत्ता गठबन्धनको साझा उम्मेदबार नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका कार्कीले १४ हजार ९७९ मत ल्याएर विजयी भएको हो ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदबार इश्वरमणि राउत १४ हजार ७६४ मत ल्याएका छन् ।

यस्तै राप्रपा नेपालका उम्मेदबार ज्ञान बहादुर राईले २ हजार ९१० मत ल्याएर तेस्रो भएका छन् ।

यस क्षेत्रमा ३७ हजार २६७ मत मध्ये एक हजार ४५३ मत बदर भएको थियो ।
हिमाल कार्की प्रदेश नं. १ का सडक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत हुन् । हिमाल कार्की यसै क्षेत्रबाट २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीको साँझा उम्मेदबार रामबहादुर थापा मगरलाई एक हजार ५२८ मतले पछि पार्दै निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया