उदयपुर – अदालतले जरिवाना, कैद भई फरार रहेका प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । २०७२ असार १५ गतेको जिल्ला अदालत उदयपुरको फैसला अनुसार ज्यान मार्ने उद्योगमा ६ वर्ष कैद भई फरार रहेका एक प्रतिवादी पक्राउ परेको छ ।

रौतामाई गाउँपालिका ७ मुर्कुचीका हाल त्रियुगा नगरपालिका ५ दमौटीमा आफ्न्तको घरमा लुकीछिपी बस्दै आएको ५३ वर्षिय माउचे भन्ने चन्द्र बहादुर राना मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले बुधबार फेलापारी नियन्त्रणमा लिई जिल्ला अदालत उदयपुरमा फैसला कार्यान्वयनको लागि उपस्थित गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया