कटारी नगरपालिकाको ६८ करोड १३ लाख ८० हजार बराबरको नीति तथा कार्यक्रम सार्वजनिक (फोटो फिचर)

कटारी नगरपालिकाको ६८ करोड १३ लाख ८० हजार बराबरको नीति तथा कार्यक्रम सार्वजनिक (फोटो फिचर)
उदयपुर । 'हाम्रो प्रतिबद्धता हाम्रो अभियान समृद्ध कटारी नगर हाम्रो पहिचान' भन्ने मूल नाराका साथ सुरु भएको उदयपुरको कटारी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रवार भएको नीति तथा कार्यक्रममा कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। कटारीको चौथो नगर सभाले ६८ करोड १३ लाख ८० हजार बराबरको नीति तथा कार्यक्रम सार्वजनिक ग...

मारुती सिमेन्टले फेरी सामुदायिक वनको जग्गा कब्जा गर्यो, , वन फडानी गर्ने दुई भारतीय  कर्ता पक्राउ

मारुती सिमेन्टले फेरी सामुदायिक वनको जग्गा कब्जा गर्यो, , वन फडानी गर्ने दुई भारतीय  कर्ता पक्राउ
सिरहा । पूर्वपश्चिम राजमार्ग अन्र्तागत सिरहामा सञ्चालित मारुती सिमेन्टले सामुदायिक वनको करिब ४ बिघा जग्गा अतिक्रमण गरेको छ । यसभन्दा अघि ०७५ साल असोजमा सोही वन उपभोक्ता समूह मातहतमा रहेका कुल ३१ हेक्टर जग्गामध्ये मारुती सिमेन्टले कब्जा गर्न खोजेको थियो । तर, अहिले फेरि मारुती सिमेन्टले वनको जग्गा अतिक्रमण गर्न सुरु गरेको छ । नापी विभागले २०२२ सालमा बुट्यान वन क्षेत्र भनेर उल्लेख गरेको थियो । ज...

साउनदेखि मजदुरलाई पनि प्यान अनिवार्य

साउनदेखि मजदुरलाई पनि प्यान अनिवार्य
काठमाडौं । सरकारले १ साउनदेखि कर्मचारीको तलब भत्ता वितरणमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि निजी क्षेत्र रुष्ट बनेको छ। प्यान अनिवार्य गर्दा आफूहरुको लागत बढ्ने नभई झन्झट बढेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको छ । कर्मचारीका लागि प्यान अनिवार्य सम्भव भए पनि मजदुरका लागि भने यो लागू गर्न सम्भव नरहेको निजी क्षेत्र बताउँछन्। पूर्वाधार निर्माण तथा उत्पादनमूलक उद्योगमा ठूलो संख्या...

५ जना १९ लाख सहित जुवा खालबाट पक्राउ

५ जना १९ लाख सहित जुवा खालबाट पक्राउ
काठमाडौं । मुड्खु भज्याङ्बाट कौडा खेलिरहेका ५ जना १९ लाखसहित पक्राउ परेका छन् । सोमबार राती बालाजु प्रहरीले कौडा खेलिरहेको अवस्थामा पाँचै जनालाई मुड्खु भज्याङ्बाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उदयपुर गाईघाटका गोगम्बु बस्ने मिलन कार्की, उदयपुर  बर्रेका तामाङ, दिपक राई, काभ्रे बनेपाका राज तामाङ र संखुवासभाका राजु ब्लोन रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको ...

त्रियुगा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

त्रियुगा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
उदयपुर । जिल्लाकै प्रमुख केन्द्रको रुपमा हेरिएको त्रियुगा नगरपालिकाले शिशु कक्षादेखि माध्यमिक तहसम्म अँग्रेजीमा शिक्षण, सवै वडामा स्वास्थ्य चौकी स्थापना, एक घर एक धारा र चर्पी, एक वडा एक उत्पादनमा जोड दिने लगायतका कार्यक्रम सहित आर्थिक वर्ष ०७६÷७७ को आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार चौथो नगर सभा गरेर नगरपालिकाले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । जनप्रतिनिधि र नगरपालि...

करमा बायोमेट्रिक प्रणाली लागू हुँदै, छिसिक्क गरे च्याप्पै

करमा बायोमेट्रिक प्रणाली लागू हुँदै, छिसिक्क गरे च्याप्पै
काठमाडौं । आगामी आर्थिक वर्षदेखि कर तिर्ने र लिने दुवैलाई कारबाहीको भागीदार बनाउने प्रणाली बायोमेट्रिक प्रणाली लागू गर्ने तयारी भइरहेको छ । आन्तरिक राजस्व विभागका अनुसार आउँदो साउन १ गतेबाट उक्त प्रणाली लागू गर्ने गरी तयारी भइरहेको आन्तरिक राजस्व विभागका प्रवक्ता तथा उपकार्यकारी निर्देशक यज्ञप्रसाद ढुंगलले बताए । विभागले आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐनमा भएका परिवर्तन र त्यसलाई कार्या...

चाउमिन खानु हुन्छ ? फोक्सो फाट्ला हैँ

चाउमिन खानु हुन्छ ? फोक्सो फाट्ला हैँ
काठमाडौं । यदि तपाईंहरु चाउमिन खान मन पराउनु हुन्छ भने सावधान रहनुहोस् । भारतको हारियाणास्थित यमुनागरको भएको घटनाले तपाईंले चाउमिन खानुअघि पक्कै पनि सोच्नु हुनेछ । यमुनानगरको एक रेस्टुरेन्टको चाउमीन खाने तीन वर्षको बच्चाको फोक्सो फाटेको छ । बच्चाले चाउमिनमा मिसाएको अचार खाएपछि बिरामी भएको भारतीय मिडियाले लेखेको छ । चटनीमा भएको एसिटिक एसिडले बच्चाको शरीर जलेर फोक्सो फाटेको हो । चटनी खाएको ...

गुठी विधेयक खारेजी माग गर्दै उर्लियो जनसागर(फोटोफिचर)

गुठी विधेयक खारेजी माग गर्दै उर्लियो जनसागर(फोटोफिचर)
काठमाडौं । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन गरिएको छ। विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर सुरू भएको र्‍याली माइतीघर मण्डलातर्फ अघि बढ्दा सवारी आवागमनमा भने समस्या भएको छ। सडकमा प्रदर्शनकारीले गुठी विधेयक खारेजीको नारा लगाइराखेका छन्। गुठियार तथा नेवा देय: दबुलगायतको आह्वानमा ग...

फेरी देशमा विभाजनका बादल देखिन थाले : डा. युवराज संग्रौला

फेरी देशमा विभाजनका बादल देखिन थाले : डा. युवराज संग्रौला
काठमाडौं । पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज संग्रौलाले समसामयिक राजनीतिमा टिप्पणी गर्दै सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गरेका छन् । गुठी नेपालको मौलिक इतिहास हो। यसलाई चलाउनु नेपालमाथि घात गर्नु हो। कस्ले ल्यायो सरकारमा यो प्रस्ताव ? अब अहिले यसलाइ नेवार बाहुनको लडाइँमा रूपान्तरण गर्ने प्रयास हुँदै छ। गूठी देशको संस्कृति हो कुनै जात वा धर्मको पेवा ...

फेसबुक स्टाटसले रोकियो क्यापटेन लामाको जापान यात्रा

फेसबुक स्टाटसले रोकियो क्यापटेन लामाको जापान यात्रा
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेको कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट वञ्चित भएका छन् । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले क्याप्टेन विजय लामालाई टोलीबाट हटाएका हुन् । आगामी भदौ १२ देखि जापानको ओसाका उडानको तयारी गरिरहेको निगमले अध्यक्ष खरेल, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट विजय लामालाई सोमबार जापान पठाउन लागेको थियो । निगमका एक ...