काठमाडौं । पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज संग्रौलाले समसामयिक राजनीतिमा टिप्पणी गर्दै सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गरेका छन् । गुठी नेपालको मौलिक इतिहास हो। यसलाई चलाउनु नेपालमाथि घात गर्नु हो। कस्ले ल्यायो सरकारमा यो प्रस्ताव ? अब अहिले यसलाइ नेवार बाहुनको लडाइँमा रूपान्तरण गर्ने प्रयास हुँदै छ। गूठी देशको संस्कृति हो कुनै जात वा धर्मको पेवा होइन। पछिल्लो राजनीतिक घटना क्रमलाई लिएर उनले आफ्नो फेसबुक स्टाट्समा यस्तो टिप्पणी गरेका हुन् ।
अहिले फेरि देशमा बिभाजनका बादल देखिन थालेका छ्न। अनेक तरिकाले देशमा अराजकता फैलाउने प्रयाश भए र अहिले पनि हुँदै छ्न। तर…
Posted by Yubaraj Sangroula on Monday, 17 June 2019
अहिले फेरि देशमा बिभाजनका बादल देखिन थालेका छ्न। अनेक तरिकाले देशमा अराजकता फैलाउने प्रयाश भए र अहिले पनि हुँदै छ्न। तर कुनै न कुनै तरिकाले ती प्रयास असफल भए हिजो। तेसैले अहिले फेरि देशमा जातीय दंगाको अवस्था निर्माण गर्दैछ्न। यी तत्व सरकारभित्र र बाहिर दुबै तिरका मानिसलाई प्रयोग गर्दैछ्न।
१. सरकारले थाहा पाउनु हो पर्ने गूठी नेपालको मौलिक इतिहास हो। यस्लाइ चलाउनु नेपालमाथि घात गर्नु हो। कस्ले ल्यायो सरकारमा यो प्रस्ताब? अब अहिले यसलाइ नेवार बाहुनको लडाइँमा रूपान्तरण गर्ने प्रयास हुँदै छ। गूठी देशको संस्कृति हो कुनै जात वा धर्मको पेवा होइन।
२. सरकारले तत्काल यो बिधेक फिर्ता गर्नु पर्छ। यस्ता विधेक निर्माण गर्दा अनुसन्धान गर्नु पर्छ। तर तेसो नगरी जनता सङ्ग छ्लफल गर्नु पर्छ। रास्ट्रका विरुद्ध खेल्ने शक्तिलाई यस्ता बिबादास्पद कुराहरु ल्याएर सहयोग गर्ने काम भैरहेको छ। देश कथित विद्वान भनेका मन्त्री र सल्लाहाका्रको बन्दी बन्दैछ। हिजो राजाला बाहिर आएर दुनियाँ हेर भन्थे जनता। आज प्रधानमन्त्रीलाई वरिपरिका मानिस छोडेर जनमा आउनुहोस भन्दैछ्न जनता।
३. अब त सरकारमा मन्त्री र सल्लाहकार हुने धेरै बांदरको पुच्छर लौरो न हतियार प्रमाणित भैसके छन। सरकारले देशलाई उत्पादनको बाटोमा हिडांउने हो। सम्पन्न आधुनिकता निर्माण गर्न पहिला आर्थिक क्रान्ति आवास्यक छ। तर किन गुठीका वरिपरि घुम्ने होला?
४. संस्कृतिलाई आधुनीक बनाउनु पर्छ। तर संस्कृतिनै हाम्रो पहिचान हो। तेसैले फ्याक्नु पर्ने र जोगाउनु पर्ने संस्कृति चिन्नु पर्ने होला नि!
५. नेताहरुले बुझ्नु आवस्यक छ। तपाइँहरुलाइ गूठीको ऐन बनाउन कस्ले प्रेरीत गर्यो? अनि आन्दोलनकारी साथिहरु तपाइँहरुलाई गूठीलाई जातीयतामा जोडन कस्ले सिकाइरहेको छ?
६. सरकारले यो गूठी विधेक ल्यायो भने नेपालमा जातिय हिंसाको घटना घटन सक्छ। सरकारले यो बिधेक तत्काल रोकोस। जो आन्दोलनमा हुनुहुन्छ तपाईंलाइ पनि प्रयोग गर्ने मानिसहरु सक्रिय होलान। गुठी जोगांउ तर जातियताको बिरोध गरौं। जातीयता भड्काउने शक्ति सङ्ग होसियार होऔं। गुठी बिधेकका समर्थक र बिरोधी दुबैतिर खेल छ।









