लकडाउनको धज्जी उडाउँदै जिससको निर्णयले उदयपुरबासी त्रसित
उदयपुर । नेपाल सरकारको सूचनीमा कोरोना संक्रमण जिल्ला मध्ये उदयपुरलाई उच्च जोखिमको सूचीमा समावेश गरेको छ । सुरक्षा निकायले तयार पारी गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा संक्रमण जोखिमका आधारमा उदयपुर उच्च जोखिमको सूचीमा परेको छ । उच्च जोखिममा प्रदेश १ का आठ जिल्ला मध्ये उदयपुर पहिलो नम्बरमा राखिएको छ ।
उक्त अध्ययनमा उच्च जोखिममा क्षेत्रमा पर्ने जिल्लाभित्र रहेका मुख्य संक्रमित स्थानलाई हट स्पट तोक...













