अवदेखि सरकारी कर्मचारीले यस्ता भत्ताहरु नपाउने
काठमाडौँ — सरकारले कर्मचारीको भ्रमण भत्ता, इन्धन, फर्निचर तथा नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले कोरोनाविरुद्धको लडाईँमा फ्रन्टलाइनमा खटिएकाबाहेक सबैको भत्ता साउनबाट खारेज गरिने बताएका हुन् ।
मन्त्री खतिवडाले अतिरिक्त पाउने बैठक, खाजा भत्ता, सेमिनार, प्रोत्साहन भत्ताका साथै इन्धन खर्च कटौती गरिएको बताए । यस्तै फर्निचर, नयाँ सवारी साधनको खरिदमा...













