उदयपुर । उदयपुर र खोटाङ जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा जडान भएको अस्थायी बेलिब्रिज झिक्न थालिएको छ । सुनकोशीस्थित फोक्सिङटारमा गत मंसिरमा जडान गरिएको बेलिब्रिज हटाउन सुरु गरिएको हो ।
दिक्तेल–गाईघाट सगरमाथा लोकमार्ग सडक खण्ड अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका– ५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने सुनकोसी नदिस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज नदिमा पानीको बहाब बढ्न थालेकोसँगै झिक्न सुरु गरिएको हो ।
गत मंसिर २७ गतेदेखि सञ्चालनमा ल्याइएको अस्थायी बेलिब्रिज मंगलबारदेखि निकाल्न सुरु गरिएको गाईघाट दिक्तेल सडक योजना उदयपुरका सूचना अधिकारी ईन्जिनियर मनोजकुमार मण्डलले बताए । खोटाङलाई पुर्वी शहरसँग जोड्ने छोटो दुरीको सडक खण्डमा पर्ने बेलिब्रिज निकाल्न थालिएसँगै दिक्तेल–गाईघाट सिधा यातायात सेवा बन्द भएको छ ।
हिउँद भरी सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा विगत पाँच वर्ष अघिदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाई भएको अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको छ । वर्षा याम सुरु भएसँगै फोक्सिङटारको बेलिब्रिज निकाल्ने गरिन्छ । बेलिब्रिजको सामान खोलेर निकाल्न तीन÷चार दिन लाग्ने गाईघाट दिक्तेल सडक योजनाले जनाएको छ । १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज हटाइएपछि गाईघाटबाट दिक्तेल जाने सिधा यातायात कम्तीमा ६ महिनाका लागि बन्द भएको छ ।
खोटाङबाट फोक्सिङटारको बेलिब्रिज निकालेपछि पुर्वी शहर जान–आउनका लागि एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता सुरु भएको छ । फोक्सिङटारको पक्की पुल निर्माणको काममा ढिलासुस्ती भएको अवस्थामा अस्थायी बेलिब्रिज राख्ने गरिएको छ । म्याद गुज्रेको वर्षौँ बित्दा पक्की पुलको पिलर ठड्याउने काम मात्र भइरहेको छ । फोक्सिङटारमा पक्की पुल निर्माण भए बा¥हैमास दिक्तेलबाट पुर्वी शहर आउ–जाउ गर्ने छोटो मार्ग खुल्ने छ ।
खोटाङबासीका लागि फोक्सिङटारमा बेलिब्रिज नहुँदा पूर्वी शहर जान–आउनका लागि एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नु पर्ने बाध्यता थियो । फोक्सिङटारको पक्की पुल निर्माणको काममा ढिलासुस्ती भएको अवस्थामा अस्थायी बेलिब्रिज राख्ने गरिएको छ । सुनकोशीमा पक्की पुल निर्माणको लागि जिम्मा लिएको कम्पनीले निर्माण कार्यमा ढिला सुस्ती गर्दा बेलिब्रिज जडानमा राज्यलाई लाखौं रकम प्रत्येक वर्ष घाटा हुने गरेको छ । पक्की पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विरुद्ध क्षमताले भ्याएसम्म आवाज उठाइ खोटाङका प्रतिनिधि सभाका सासद बिशाल भट्टराईले जानकारी दिए ।
अर्को वर्ष अनुत्पादक खर्च हुने यस्तो बेलिब्रिज होईन, पक्की पुलमा हिँउद वर्षा नदी तर्न पाइयोस् । १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने दोश्रो र छोटो बाटो खुलेको छ । अस्थायी बेलिब्रिजका कारण दिक्तेलबाट सिधा गाईघाट पुगेपछि पुर्वी तराईका सबै जिल्ला पुग्न र आउन सकिने वातावरण बनेको खोटाङ यातायात प्रालिका अध्यक्ष गणेशबिक्रम शाहीले बताए । फोक्सिङटारमा पक्की पुल निर्माण भए बाहैमास दिक्तेलबाट पूर्वी शहर आउ–जाउ गर्ने छोटो मार्ग खुल्ने छ ।
म्याद गुज्रेको वर्षौँ बित्दा समेत पक्की पुलको पिलर ठड्याउने काम समेत पूरा हुन नसकेको अवस्थामा फोक्सिङटारमा बेलिब्रिज राख्ने गरिएको हो । फोक्सिङटारमा बेलिब्रिज नहुँदा दिक्तेलबाट रसुवाघाट र गाईघाटबाट फोक्सिङटारसम्म मात्र यातायात सेवा सञ्चालन हुँदै आएको थियो ।
सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट – दिक्तेल सडक योजना कार्यालय गाईघाटका अनुुसार ९३ लाख लागत स्टिमेट रहेको बेलिब्रिज रौता÷रेग्मी÷सुसन आदित्य जेबिले भ्याट बाहेक ५४ लाखमा सकार गरि जडान गरिएको बेलिब्रिज ०७७ जेठ १० गते खोल्ने गरि गाईघाट – दिक्तेल सडक योजनासँग सम्झौता गरेको थियो ।
दिक्तेल–गाईघाट बीचको सीधा यातायात सम्पर्क कम्तीमा ६ महिनाका लागि विच्छेद हुने र ६ महिना सञ्चालनमा आउँने गरेको छ । बेलिब्रिज निकालेपछि गाईघाट हुँदै फोक्सिङटारबाट प्रतिकिलो साढे ३ रुपैयाँदेखि ४ रुपैयाँमा खोटाङ भित्रिने निर्माण सामग्री कटारी हुँदै जयराम घाटबाट भिœयाउँदा प्रतिकिलो ५ रुपैयाँदेखि साँढे ५ रुपैयाँमा भित्रिने ब्यवसायीहरु बताउँछन । फोक्सिङटारमा पक्की पुल निर्माणको कामले अपेक्षित गति लिन नसक्दा विकल्पमा पाँच वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ । खोटाङको खोटेहाङ, जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयले समेत सहर जाने र उपभोग्य सामान ल्याउने क्रममा फोक्सिङटारको बेलिब्रिज प्रयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया