चुरे संरक्षणका नाममा सेता हात्ती पाल्ने कार्य खारेज गरौं
उदयपुर । सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरले वन व्यवस्थापनको पुरोनो मोडेललाई खारेज गर्न माग गरेको छ । महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतद्वारा विज्ञप्ति जारी गर्दै पुरानो मोडेललाई खारेज गरी दीर्घकालिन रुपमा वैज्ञानिक वन व्यवस्थापन गर्न माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘वन व्यवस्थापनको पुरानो मोडेललाई खारेज गरी पुस्तौंसम्म वन नमासिने गरी नयाँ सिराबाट छलफल गरी निष्कर्षमा पुग्न र चुरे संर...












