काठमाडौं – कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसका १ सय भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दूरीका यात्रुवाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

समितिले चरणवद्धरूपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ । जसमा १ सय भन्दा कम सक्रिय केस भएका जिल्लाहरूमा जेठ २५ बाट जिल्ला नकट्ने र सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ ।
तर कोरोना संक्रमणको सयभन्दा बढी केसहरू भएका जिल्लामा यो मापदण्ड लागु हुने छैन । साथै, उच्चस्तरीय समितिले तयार पारेको यो प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत नगर्दासम्म सार्वजनिक यातायात चल्ने छैनन् ।

तपाईको प्रतिक्रिया