काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बार्षिक बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षका उक्त बजेट प्रस्तुत गरेका हुन् ।
चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको हो ।
जसमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।
बाँकी २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यवस्था गरिने अर्थमन्त्री खतिवडाले बताए ।









