काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीवार अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आवको भन्दा घटाएर बजेट पेश गरेका हुन् ।
चालू आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब बजेट विनियोजन गरेकोमा ५८ अर्ब बजेट घटाएर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको छ ।
कूल बजेटमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड बजेट विनियोजन गरिएको छ, जुन कूल बजेटको ६४.४ प्रतिशत हो ।
पूँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए । जुन कूल बजेटको २३.९ प्रतिशत हो ।
वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको खतिवडाले बताए ।
आगामी आर्थिक वर्षको बजेटको पूर्णपाठ









