उदयपुरको रानीबासमा पढाउने शिक्षकको चट्याङ लागेर मृत्यु

उदयपुरको रानीबासमा पढाउने शिक्षकको चट्याङ लागेर मृत्यु
उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका १५ जनता माध्यमिक विद्यालय रानीबासमा पढाउने शिक्षकको चट्याङ लागेर मृत्यु भएको छ । रानीबासमा पढाउने शिक्षक सप्तरीको राजगढ गाउँपालिका–२ बेल्ही चपेना निवासी ४६ वर्षिय केसी साहको विहान पानीसँगै परेको चट्याङले मृत्यु भएको हो । चट्याङले घाइते शिक्षकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी जनता माध्यमिक विद्यालय रानीबासमा मावि शिक्षक रहेको सहकर्म...

धरानबाट हतियार सहित १ जना पक्राउ

धरानबाट हतियार सहित १ जना पक्राउ
सुनसरी । सुनसरीको धरान–१५ स्थितबाट १ जना हतियार सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–६ स्थितमा बस्ने २७ बर्षीय रोशन राई रहेका छन । उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह (RIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । धरान–१५ मा लुकीछिपी बसेका राईलाई बिशेष सुराकका आधारमा बुधबार राती पक्राउ गरिएको थियो । राईलाई पक्राउ गरिएसंगै ...

उदयपुरमा जबरजस्ती करणीमा फरार अभियुक्त ३ वर्षपछि पक्राउ

उदयपुरमा जबरजस्ती करणीमा फरार अभियुक्त ३ वर्षपछि पक्राउ
उदयपुर । जबरजस्ती करणी गरेर फरार प्रतिवादीलाई प्रहरीले ३ वर्षपछि विहिबार विहान घरबाटै पक्राउ गर्न सफल भएको छ । २०७४ कार्तिक २८ गतेदेखि फरार प्रतिवादी त्रियुगा नगरपालिका ३ बस्ने २० वर्षिय संजय सदा ३ वर्षपछि पक्राउ परेको छ । उनी विरुद्ध जिल्ला अदालत उदयपुरले जबरजस्ती करणी मुद्दामा ७ बर्ष ६ महिना २४ दिन कैद र रू १०,००० जरिवना तोकेको छ । उनलाई विहिबारै जिल्ला अदालत उदयपुरमा फैसला कार्यन्वयन गर्नको लाग...

उदयपुरमा चट्याङले एकको मृत्यु, दुई घाइते

उदयपुरमा चट्याङले एकको मृत्यु, दुई घाइते
उदयपुर । उदयपुरमा विहिबार विहान ८ः३० बजेको समयमा पानीसँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चट्याङले लागेर त्रियुगा नगरपालिका १३ असारीका ४५ बर्षिय कानुन चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमप्रसाद दाहालले जानकारी दिए । चट्याङले घाइते चौधरीलाई उपचारको लागि जिल्ला अस्पताल पुर्याएपछि चिकित्सकले मृत्यु घोषणा गरेका थिए । यस्तै सोही वडाको भातिखर्कक...

त्रियुगा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

त्रियुगा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)
उदयपुर ।  ‘स्वस्थ, शिक्षित, उद्यमशील हाम्रो सहर, समुन्नत, समावेशी, समृद्ध त्रियुगा नगर’ भन्ने संकल्पका साथ आगामी वर्षको नीति तथा कार्यक्रम मेयर बलदेव चौधरीले प्रस्तुत गरेको छ । कृषिमा आधारित अर्थतन्त्रको दीगो जग बसाउन खेतीयोग्य भूमीहरुको पहिचान गर्दै कृषि प्रविधिको यान्त्रिकरण, आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरणमा प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । शैक्षिक गुणस्तर हाँसि...

नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड, ६२९ जनामा पुष्टि

नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड, ६२९ जनामा पुष्टि
काठमाडौँ – नेपालमा बुधबार ६२९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार ६२९ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए । उनीहरु मध्ये ५१९ जना पुरुष र ११० जना महिला महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०७२८ पुगेको छ । कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २३३८ रहेको छ । त्यसमा १९७ महिला र...

प्रहरी कार्यालयलाई आर्थिक प्रलोभनमुक्त बनाउने : एसपी दाहाल

प्रहरी कार्यालयलाई आर्थिक प्रलोभनमुक्त बनाउने : एसपी दाहाल
उदयपुर । उदयपुुर जिल्लाका प्रहरी कार्यालय सहित माताहतका कार्यालयहरुलाई आर्थिक प्रलोभनमुक्त बनाउने जिल्लाको नयाँ एसपी भिमबहादुर दाहालले बताए । बुधबार प्रहरी कार्यालय परिषरमा भएको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारको जवाफमा सो कुरा बताएका हुन् । आर्थिक प्रलोभनमा पर्न र कसैलाई पार्नसम्म नदिने प्रतिवद्धता जनाएका छन् । विगतको दुई कार्यकालका उदयपुर प्रहरी नेतृत्व आर्थिक प्रलोभन आरोपमुक्त रहेको प्रशंगम...

गाईघाट बजारमा चहलपहल बढ्यो : छैन पर्याप्त सतर्कता, नाम मात्रको अनुगमन

गाईघाट बजारमा चहलपहल बढ्यो : छैन पर्याप्त सतर्कता, नाम मात्रको अनुगमन
उदयपुर । लामो समयको लकडाउनका कारण हरेक क्षेत्र प्रभावित भइरहेका बेला सर्तसहित खुकुलो पारिएको लकडाउन उदयपुरमा धेरैले पालना नगरेको पाइएको छ । यसले गर्दा संक्रमणको खतरा पनि बढेको छ । लामो लकडाउनका कारण जनजीवन अस्तव्यस्त बनेको, रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको भन्दै लकडाउनको अवज्ञा गर्न थालेपछि चैत ११ गतेदेखिको लकडाउन असार १ गतेदेखि खुकुलो बनाइएको थियो । लकडाउन खुकुलो बनाइएपछि उदयपुरको गाईघाट...

गाईघाटकी एक महिलामा कोरोना संक्रमण पुष्टी, महिला बस्ने एरिया सिल

गाईघाटकी एक महिलामा कोरोना संक्रमण पुष्टी, महिला बस्ने एरिया सिल
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारकी एक महिलामा कोरोना संक्रमण देखिएको छ । सोमबार त्रियुगा नगरपालिका ११ गाईघाट बजारकी अन्दाजी ५३ वर्षिय महिलालाई टेकु काठमाडौंले कोरोना संक्रमण भएको पुष्टी गरेको हो । गत जेष्ठ ३० गते प्रेसरले हानेपछि गाईघाटमा सामान्य उपचारपछि थप उपचारको लागि न्यूरो हस्पिटल विराटनगर रेफर गरिएको थियो । न्यूरोले भर्ना लिनु अगाडी र्यापिट डाग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा कोरोना नेगे...

सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय ९५ पुग्यो

सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय ९५ पुग्यो
उदयपुर । सप्तरीमा मंगलबार कोरोना संक्रमितको संख्या २२ जना थपिएको छ । थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय ९५ जना पुगेको छ । मंगलबार पुष्टि भएकामध्ये विपि कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । यस्तै गजेन्द्र नारायण सिंह अस्पताल प्रयोगशालामा भएको परीक्षणमा सप्तरीका १७ ...