काठमाडौँ – नेपालमा बुधबार ६२९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार ६२९ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।
उनीहरु मध्ये ५१९ जना पुरुष र ११० जना महिला महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०७२८ पुगेको छ ।
कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २३३८ रहेको छ ।
त्यसमा १९७ महिला र २१४१ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै ८ महिला र १०६ पुरुष गरी ११४ जना डिस्चार्ज भएका हुन्।
नेपालमा कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ छ ।
बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ छ ।









