उदयपुर । सप्तरीमा मंगलबार कोरोना संक्रमितको संख्या २२ जना थपिएको छ । थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय ९५ जना पुगेको छ ।
मंगलबार पुष्टि भएकामध्ये विपि कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
यस्तै गजेन्द्र नारायण सिंह अस्पताल प्रयोगशालामा भएको परीक्षणमा सप्तरीका १७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा सप्तरीका ३ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टी भएसँग सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय ९५ जना पुगेको छ ।









