प्रथम उदयपुर हुक्केहुक्का महोत्सवको उपाधि जोगिदह होमस्टेले चुम्यो
उदयपुर । प्रथम उदयपुर हुक्केहुक्का महोत्सव–२०८०को उपाधि जोगिदह होमस्टेले चुमेको छ । थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपाल थारु संघ (समाजवादी) ले उदयपुरको ज्यामिरेमा आयोजना गरिएको हुक्केहुक्का महोत्सव–२०८० मा जोगिदह होमस्टेले उपाधि चुमेको हो ।
बेहड्वा थारू होम स्टे–१३ द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै रामजानकी समूह हडिया हुक्केहुक्का महोत्सवमा तृतीय स्थान ल्याएको छ ...













