आजबाट १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान कार्यक्रम शुरु
उदयपुर / जिल्लामा बढ्दो लैङ्गिक हिंसा न्युनिकरणका लागि मंसिर ९ गतेदेखि १६ दिने अभियान सञ्चालन भएको छ । मंसिर २४ गतेसम्म मनाईने यो अभियानमा लैङ्गिक हिंसा निवारणमा मद्धत पुग्ने गरी कार्यक्रम तय गरिएकाछन् ।
‘लैङ्गिक हिंसा र वलात्कार छैन हामीलाई स्वकार’ भन्ने मुलनाराकासाथ आयोजना हुने अभियानको पहिलो दिन आईतबार सदरमुकाम गाईघाटको लोकतान्त्रिक चौकमा प्रभातफेरी गरिने छ भने समापन मंसिर २४ गते मेनचौकमा दिप ...










