देउसीभैलोको रकम साना व्यवसायी तथा उद्यमीहरुका लागि लगानी
उदयपुर / दिनरात नभनी देउसभैलो खेलेर संकलन गरेको रकम कमैले मात्र सामाजिक कार्यमा लगाउँछन् । धेरैले वनभोज र मोजमस्तिमै उडाउँछन् । जसले समाजमा बिकृती मात्र फैलाएको छैन् उत्तिकै क्षति पनि पुर्याउने गरेको छ ।
त्यहीँ सामाजिक मुलमन्त्रलाई आत्मसाथ गर्दै उदयपुरको त्रियुगा नगरपालिका ५ स्थित प्रकृति समाज सुधारले यस बर्ष आयोजना गरेको देउसीभैलोबाट संकलित रकम सामाजिक कार्यमा लगानी गर्ने भएको छ ।
संस्थाले संकल...







