कर्मचारी कुटिएको विरोधमा नगरपालिकाको कामकाज ठप्प
राजेन्द्र महतो, लहान । कर्मचारीमाथि हातपात भएको विरोधमा सिरहाको कल्याणपुर नगरपालिकाका सबै कर्मचारीले बुधबार बिहानदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् । कार्यकक्षमै काम गरिरहेका बेला मंगलबार नगरपालिकाका ओभरसियर छेदिकुमार साफीलाई सोही नगरपालिका ७ भेडिया रमपुराका दीपेन्द्र यादवसहितको समूहले हातपात गरेको भन्दै कामकाज ठप्प पारेका हुन् । हातपात गर्नेलाई कारवाही गर्नुपर्ने मागसहित कर्मचारीले कामकाज ठप्...












