डिएन चौधरी, उदयपुर । उदयपुरमा लागूऔषध दुव्र्यसनी बिरुद्ध एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । त्रियुगा नगरपालिका ८ बैरनीमा लागूऔषध दुव्र्यसनी बिरुद्ध १ दिने अभिमुखिकरण कार्यक्रम आईतवार सम्पन्न भएको छ ।
“सक्षम युवा त्रियुगा नगरको पहिचान दुव्र्यसनी विरुद्धको अभियानग” नारासंगै वडा स्तरीय युवा क्लव ८ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । वडा भित्रका युवाहरुलाई लागु औषध दुव्र्यसनी बिरुद्ध सचेतिकरण गराउदै परार्मश दिन कार्यक्रमको आयोजना गरिएको युवा क्लवका अध्यक्ष रुपेश दनुवारले बताए । अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष कमल कुमार राउतले लागूऔषध दुव्र्यसनी बिरुद्ध गाँउ गाँउ, टोलटोलमा गएर अभियान चलाउने बताए । उनले समाज र राष्ट्र विकासमा युवाको भुमिका महत्वपुर्ण रहेकाले समयमै सवैलाई सचेत हुन जरुरी रहेको बताए । प्रतेक टोल र समुदायमा यस वारे जनचेतना फैलाउनु पर्ने बताए । कार्यक्रममा लागु औषध भनेको के हो ? यसको प्रयोगले हुने हानी नोक्सानी, स्वास्थयमा असर, कसरी कुलतवाट छुट्करा पाउने ? यसको न्युनिकरणमा युवाको भुमिका लागएतका बिषयमा छलफल गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका सहायक प्रहरी निरीक्षक गंगा राईले बताए ।
चुहाडे अस्थायी प्रहरी पोष्टका इन्चार्ज सहायक प्रहरी निरीक्षक रामकुमार श्रेष्ठले युवाहरुलाई प्रशिक्षण गराएका थिए । त्रियुगा नगरपालिका गाईघाटको सहयोग र वडा नं. ८ को संयोजनमा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा युवा विद्यार्थी, जनप्रतीनिधी, समाजसेवी, बुद्धिजिवी, प्रहरी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया