राजेन्द्र महतो, लहान । चोहर्वा–सिरहा सडक खण्डको नरहा गाउँपालिका–५ पेट्रोल पम्प नजिक स्कुल बसको ठक्करबाट मोटर साइकल चालकको मृत्यु भएको छ । बा. १ ख ६८८५ नम्बरको स्कूल बसको ठक्करबाट स.७ प ९७३८ नम्बरका मोटर साइकल चालक ३७ वर्षिय रहमान खानको मृत्यु भएको छ भने ३६ वर्षिय अन्जार खान घाइते भएका छन् ।
स्कूल बसको ठक्करबाट घाइते रहमानको उपचार गर्न लैजाने क्रममा बाटैमा मृत्यु भएको ट्राफिक प्रहरी पोस्ट बिशनुपुरले जनाएको छ ।
अन्जारको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भई रहेको छ भने बस चालक फरार रहेको ईलाका प्रहरी कार्यालय नरहाले जनाएको छ ।

तपाईको प्रतिक्रिया