उदयपुर । उदयपुरमा तीन तल्ले घरको छतबाट लडेर शनिबार एक महिलाको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका ६ पुष्पलाल चोक बेल्टारकी वर्ष ३६ की अनिता भन्ने रेमनी देवी साह घरको छतबाट लडेर घाइते भएकी थिईन् ।
उनले शनिबार बिहान सवा ८ बजे छतमा लुगा सुकाउने क्रममा ३ तल्ले घरको छतबाट लडेर गम्भीर घाइते भएकी थिईन् । गम्भीर घाइते भएकी साहलाई उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार हुँदै थप उपचारको लागि धरान पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।









