अटोमेटिक पेस्तोलसहित विप्लव समूहका दुई नेता पक्राउ
विराटनगर / नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका दुई जना हतियार र गोलीसहित मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ परेका छन् ।
एक व्यापारीसँग चन्दा वापतको रकम उठाउन जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ घर भएका ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ घर भएका ३४ वर्षीय कन्सा माझी धिमाल रहेका छन् । पक्राउ परेका मध्ये राई ‘विप्लव...












