उदयपुर । सनराइज बैंक जलजले शाखाले जनता माध्यमिक विद्यालय श्रीपुरका विद्यार्थीहरुलाई कापी र कलम वितरण गरेको छ । शुक्रबारका दिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २ सय बढी गरिव, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई कापी र कलम वितरण गरेको हो ।
सनराइज बैंक जलजले शाखाले एक कार्यक्रमको आयोजना गरी २ सय बढी विद्यार्थीलाई कापी र कलम वितरण गरेको शाखा प्रमुख पारश चौधरीले बताए ।
शाखा प्रमुख चौधरीले गरिव, विपन्न विद्यार्थीहरुलाई कुनै हीन भावना नपाली सधैँ असल, लगनशील विद्यार्थी बन्ने प्रयत्न गर्नुपर्ने, सबै विद्यार्थीहरुको अभिभावकलाई स–सानो बचत गर्ने आदत विकास गर्न यस कार्यक्रमको आयोजना गरेको बताए ।
कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका कर्मचारीहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया