उदयपुर । उदयपुरमा एक वृद्धाको शंकास्पद मृत्यु भएको छ । त्रियुगा नगरपालिका १० बस्ने ६० वर्षिया वृद्धा सुनकुमारी तामाङ आफ्नै घरमा शंकास्पद मृत्यु भएको छ ।
आफ्नै घरको सुत्ने कोठामा सुति रहेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । वृद्धा केही दिन आगडी मृत्यु भएर शरिरमा फोका फोका आएजस्तो देखिन्छ । लाश जाँच मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पोष्ट मार्टमको लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जानकारी दिए ।
मृतकका दुई छोरामा मध्ये दुवै वैदेशिक रोजगारको शिलशिलामा बाहिर रहेको छ । एक छोराको विहे भएपनि अर्को छोराको विवाह भएको छैन् । विवाह भएका छोराबुहारी छुट्टै बस्ने गरेको स्थानीयले बताए ।









