महराको बयान दशैंपछि मात्र, आरोप पुष्टि भए ५ वर्षसम्म कैद
काठमाडौं । देशबासी दशैंमा रमाइरहेका बेला निवर्तमान सभामुख कृष्णबहादुर महरा भने प्रहरी हिरासतमा पुगेका छन् ।
पूर्वगृहमन्त्री समेत रहेका महरालाई प्रहरीले संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा आइतबार साँझ सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको हो ।
उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । पीडित महिलाले बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएपनि प्रहरी प्...












