उदयपुर । विपी राजमार्ग अन्तर्गत बसले मोटर साइकललाई ठक्कर दिँदा उदयपुर त्रियुगा नगरपालिका ९ का २८ वर्षिय नविन विशुङ्खेको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–२ दुम्जास्थित बिपी राजमार्गको साँदी टोट्ली नजिक बसले र मोटरसाइकललाई ठक्कर दिइएको थियो । घाइते विशुङ्खेलाई उपचारका लागि धुलिखेल लैजाँदै गर्दा बाटो मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाबाट काठमाडौंतर्फ गईरहेको मे १ ख ३१८२ नम्बरको यात्रुबाहक बसले र काठमाडौंबाट उदयपुर गाईघाटतर्फ आईरहेको बा. ६८ प ८५४८ नम्बरको मोटरसाइकललाई सुनकोशी गाउँपालिका–२ साँदीमा बसले ठक्कर दिएको थियो ।
बसका चालकलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।









