बालविवाह गरेको आरोपमा सरोज गिरी पक्राउ
उदयपुर । उदयपुरको कटारी नगरपालिका ६ मा बालविवाह गरेको आरोपमा २० वर्षिय सरोज गिरी पक्राउ परेको छ । सोही वडाको एक १४ वर्षिय किशोरीलाई ललाई फकाई विवाह गर्नका लागि भगाएको आरोपमा गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
किशोरीका आफन्तले बालविवाह गरेको किटानी जाहेरी दिएको आधारमा गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रेम...












