उदयपुर । उदयपुरमा आइतबार दिउँसो ३ बजे जेसिवीमा ठोकिएर ३ जना गम्भिर घाइते भएका छन् । मदन भण्डारी स्मृति राजमार्ग अन्तर्गत त्रियुगा नगरपालिका ९ गैहरुनमा गाईघाटबाट शाहीखोला तर्फ जाँदै गरेको स.१० प ८५०५ नम्बरको मोटर साइकल ट्रनिङ गर्दै गरेको अनटेष्ट जेसिवीमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा त्रियुगा नगरपालिका ८ शाहीखोला बस्ने चालक २८ को धन बहादुर खत्री, पछाडी सवार सोही वडा बस्ने ३० की निर्मला कार्की, निर्मलाकै छोरा अन्दाजी ३ वर्षिय योगेश खत्री गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल बोक्सेमा उपचार पश्चात थप उपचारको लागि विराटनगर रेफर गरिएको छ भने जेसिवी चालक ३० वर्षिय भानुभक्त मगर जिल्ला प्रहरी कार्यालय उदयपुरको नियत्रन्यणमा रहेको छ ।









