उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका २ ताप्लीबाट सोमबार ५ बोरा गाजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स १ च १७६६ नम्बरको जिपमा राखेर सिरहा तर्फ लादै गरेको अवस्थामा ५० केजी अटने ५ बोरामा भरिएको गाजा सहित दुई जना पक्राउ परेको हो ।
पक्राउ पर्नेमा सिराहको धनगढी नगरपालिकाका ४५ बर्षिय कन्सलाल तामाङ, ३५ बर्षीय मोहनबहादुर तामाङ रहेको इलाका प्रहरी कार्यलय रामपुरझिल्केका प्रहरी हल्दार दिपेन्द्र सिंहले बताए । गाडीका चालक, सहचालक र अर्का एक सहयोगि भने फरार रहेको प्रहरी हल्दार दिपेन्द्र सिहले बताए । ताप्ली गाउँपालिकाको ३ नम्बर बडाबाट गाजा सहित जिप सिरहा जादै गरेको सुराकिको आधारमा प्रहरी हल्दार सिंहको नेतृत्वमा गएको टोलिले गाजा सहित दुइ व्यापारिलाइ नियन्त्रणमा लिएको हो ।
पक्राउ गरिएका व्यापारी, जिप र गाजा आवश्यक कारबाहिको लागि इलाका प्रहरी कार्यलय कटारी पठाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया