मिनीट्रकको ठक्करबाट पाँच वर्षीय छोरासहित बाबुको मृत्यु, आमा गम्भीर
रासस, बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नंको मोटरसाइकल एकापसमा आज बिहान ठोक्किँदा मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए ।
घाइते भएका तीन मध्ये दुई जनाको उपचारका क्रम...













