राजेन्द्र महतो, लहान । सिरहाको अर्नमा गाउँपालिका १ मा आफनै घरको छतबाट खसेर ५ वर्षिय बालकको ज्यान गएको छ । छतबाट खसेर मोहम्म्द वारिद अन्सारीको ५ वर्षिय छोरा मो. रेहान अन्सारीको ज्यान गएको हो ।
रेहान आफ्नै घरको छ्तमा खेल्दै गरेको अबस्थामा अचानक छतबाट तल भुईमा खस्दा टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारको लागि लहान ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालकको शवलाई रामकुमार उमाप्रसाद अस्पताल लहानमा पोष्ट म्याटम गरि परिवारलाई जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय लहानले बताएका छन ।

तपाईको प्रतिक्रिया