उदयपुर । उदयपुरमा वन मुद्दाका फरार अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले ४ वर्षअघि दोषी करार भए पनि भाग्दै आएका अभियुक्त चौदण्डीगढी नगरपालिका ३ का ४९ वर्षिय भिमबहादुर राईलाई पक्राउ गरेको छ । जिल्ला अदालत उदयपुरले ०७३ भदौ २१ गतेको फैसलामा ६ महिना कैद तथा दण्ड जरिवाना तोके पनि भाग्न सफल राईलाई इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले घरबाटै नियन्त्रणमा लिएको थियो । उनलाई जिल्ला अदालतमा उपस्थित गराई कैद भुप्तानको लागि करागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया