सवारी पासको दुरुपयोग बढेपछि प्रशासनको कडाई

सवारी पासको दुरुपयोग बढेपछि प्रशासनको कडाई
उदयपुर । स्थानीय सरकारले स्थानीय प्रशासनबाट सवारी पास लिनका लागि दिएको सिफारिस पत्रको दुरुपयोग बढेको भन्दै त्यसप्रति प्रशासनले ध्यानाकर्षण गरेको छ । अत्यावश्यक कामका लागि सवारी पासको व्यवस्था जिल्ला प्रशासनले गर्दै आएको छ । सवारी पासका लागि स्थानीय सरकारको सिफारिस माग्ने गरिएकोमा सिफारिस पत्र नै बोकेर हिड्ने गरेको पाइएको प्रशासनले जनाएको छ । आइतबार सूचना जारी गर्दै त्यस्ता सिफारिस पत्रप्रति...

उदयपुरबाट थप ४ जनाको स्वाब परीक्षणका लागी पठाइँयो

उदयपुरबाट थप ४ जनाको स्वाब परीक्षणका लागी पठाइँयो
उदयपुर । उदयपुरमा विदेशबाट आएर २ हप्ता बिताएका थप ४ जनाको स्वाब परीक्षणका लागी आइतबार बिपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । दुई हप्ताअघि कतार, दुबइँ र भारतबाट उदयपुर आएका उनीहरुको स्वाब परीक्षण अनिवार्य भएकाले परीक्षणका लागी धरान पठाइएको हो । कोरोनाको आशंका गरिएका चारै जनाको जिल्ला अस्पताल गाईघाटमा आईसोलेशनमा राखेर नमुना (स्वाब) संकलन गरि धरान पठाएको हो । स्वाब परीक्षणको लागि पठाइएको स...

उदयपुरमा लागूऔषध गाँजासहित दुई जना पक्राउ

उदयपुरमा लागूऔषध गाँजासहित दुई जना पक्राउ
उदयपुर । लकडाउनको मौका छोपी उदयपुरगढी गाउँपालिका ७ कोल्टेमा आइतबार साँझ ७ बजे अवैध लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अबैध लागूऔषध गाँजा विक्री वितरण भईरहेको सुचनाका आधारमा स.१० प ९०१६ नम्बरको मोटर साइकल सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ७ बस्ने ६८ वर्षिय नारायणप्रसाद हुमागाई र सुरुङ्गा नगरपालिका ७ बस्ने १९ वर्षिय राधेश्याम भन्ने किशोर लभरिय...

खुला सीमा नाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को

खुला सीमा नाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को
विराटनगर । खुला सीमा नाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् ।भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या बढेपछि सीमावर्ती क्षेत्रका नागरिक चिन्तामा परेका हुन् । नेपाल–भारतको मुख्य नाका रानी–जोगवनीमा ढाट लागेको छ तर रानीढाट एक किलोमिटर पूर्व मटे...

दुई बालक ढिस्कोले पुरिएर मृत्यु

दुई बालक ढिस्कोले पुरिएर मृत्यु
सप्तरी । सप्तरीको अग्निसाइरकृष्णा शवरण गाउँपालिकास्थित मोहनपुरमा आइतबार दिउँसो ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित खड्काको आठ वर्षीय छोरा निशान खड्का र सोही ठाउँका दिलबहादुर मगरको चार वर्षीय छोरा निकेश मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। निशान र निकेश उनीहरु दुवै जना घर नजिकै रहेको गौरी खोलामा खे...

उदयपुरमा साता यता दुई सय हेक्टर वन क्षेत्रमा डढेलो

उदयपुरमा साता यता दुई सय हेक्टर वन क्षेत्रमा डढेलो
उदयपुर । जिल्लाका सामुदायिक वन उपभोक्ता समुहहरु कोरोना भाइरस (कोभिड १९) को संक्रमण जोखिम न्यूनीकरणमा सक्रिय हुँदा वनमा डढेलो सुरु भएको छ । साता यताको डढेलोले झण्डै २ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको डिभिजन वन कार्यालय गाईघाटले जनाएका छन । डिभिजन वन कार्यालय गाईघाटको कार्यक्षेत्र अन्तर्गतका आधा दर्जन बढी सामुदायिक वन क्षेत्रमा डढेलो लागेको हो । सामुदायिक वन उपभोक्ता समूहले आफनै समूहमा रहेको ‘ग...

विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए

विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए
काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यो सङ्ख्या चैत ४ देखि चैत २३ गतेसम्म मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहबाट सङ्कलन गरेको विवरण हो ।छिमेकी मुलुक भारतसहित विभिन्न मुलुकबाट हवाई तथा सडक मार्ग भएर...

कैदी बन्दीलाई माक्स वितरण

कैदी बन्दीलाई माक्स वितरण
उदयपुर । उदयपुरगढीका दुई युवाद्वारा कारागारका कैदी बन्दी र प्रहरी हिरासतमा रहेका थुनुवालाई माक्स वितरण गरेको छ । उदयपुरगढीका डिस्टान्स गुरागाइँ र मोहित खड्काले व्यक्तिगत लगानीमा जिल्ला कारागारका कैदी बन्दी, प्रहरी हिरासतका थुनुवा, नेपाल प्रहरी र सर्वसाधारण र कुसुम्बोटे सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता सहित एक हजार नौ सय माक्स वितरण गरेको छ । जिल्ला कारागारका कैदी बन्दी र कर्मचारी गरी २ सय १...

कटारी अस्पतालको आइसोलेसनबाट भागेका युवक खोटाङमा भेटिए

कटारी अस्पतालको आइसोलेसनबाट भागेका युवक खोटाङमा भेटिए
उदयपुर । उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेका एक जना खोटाङमा भेटिएका छन् । भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा कटारी आइसोलेसनमा राखिएको अवस्थामा भागेका उदयपुर ताप्ली गाउँपालिका–४ ठानागाउँका ३९ वर्षीय किर्तीमान नेपाली हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन् । छोरीको घरमा आएर बसि रहेको जानकारीका आधारमा नेपालीलाई आइतबार नियन्त...

उदयपुरमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

उदयपुरमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु
उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका–१३ कि ३० बर्षीया जानकीदेवी चौधरीको माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ । बिहान साँढे ७ बजे घर नजिकै माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर घाईते भएकी चौधरीको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा साँढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले जनाएको छ ।