उदयपुर । उदयपुरगढीका दुई युवाद्वारा कारागारका कैदी बन्दी र प्रहरी हिरासतमा रहेका थुनुवालाई माक्स वितरण गरेको छ । उदयपुरगढीका डिस्टान्स गुरागाइँ र मोहित खड्काले व्यक्तिगत लगानीमा जिल्ला कारागारका कैदी बन्दी, प्रहरी हिरासतका थुनुवा, नेपाल प्रहरी र सर्वसाधारण र कुसुम्बोटे सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता सहित एक हजार नौ सय माक्स वितरण गरेको छ ।
जिल्ला कारागारका कैदी बन्दी र कर्मचारी गरी २ सय १५, प्रहरी हिरासतका थुनुवा ७५ जना, सुरक्षा कर्मी र सर्वसाधारण गरी ६ सय र उदयपुरगढी गाउँपालिका ५ र ६ नं. वडाबासी र सामुदायिक वनका उपभोक्ता सहित एक हजार वितरण गरेको डिस्टान्स गुरागाइँले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसबाट आफु पनि बच्न र अरुलाई पनि बचाउँन सन्देश दिँदै माक्स वितरण गरेको बताए ।

तपाईको प्रतिक्रिया