उदयपुरका पत्रकारलाई सुरक्षा कवज सहयोग

उदयपुरका पत्रकारलाई सुरक्षा कवज सहयोग
उदयपुर । उदयपुरका क्रियाशिल पत्रकारको स्वास्थ्य सुरक्षाका लागि एक व्यवसायीले सुरक्षा कवज उपलब्ध गराएका छन् । महामारीको अवश्थामा जोखिम मोलेर पनि जनतालाई सूचना प्रवाह गरेको भन्दै त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका वरिष्ठ उपाध्यक्ष रमेश रसाईली नेपाल पत्रकार महासंघ उदयपुर शाखामार्फत स्वास्थ्य सुरक्षा सेनिटाइजर र मास्क उपलब्ध गराएका हुन् ।सो अवसरमा उपाध्यक्ष रसाइलीले प्रतिकुलु अवश्थामा ज्यानको जोखिम...

गाईघाटको पेट्रोल पम्पहरुको अनुगमन

गाईघाटको पेट्रोल पम्पहरुको अनुगमन
उदयपुर । घरेलु तथा साना उद्योग कार्यालयले साझेदार निकायसंगको सहकार्यमा पेट्रोल पम्पको अनुगमन गरेको छ । लकडाउनको अवसरमा पेट्रोल पम्पले तेल नदिने तथा पछिल्लो पटक पेट्रोलियम पदार्थमा घटेको मूल्यमा विक्री वितरण नगरेको गुनासो बढेपछि तीन पम्पमा अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त निर्देशक पाक्रम खाँ चौधरीको नेतृत्वमा गरिएको हो ।अनुगमनमा एस.के. टे«डर्स पेट्रोल पम्प गाईघाट, रियाज पेट्रो...

लकडाउनको मौका छोपी लागूऔषध कारोबार : प्रहरीद्वारा दुई पक्राउ

लकडाउनको मौका छोपी लागूऔषध कारोबार : प्रहरीद्वारा दुई पक्राउ
राजेन्द्र महत्तो, लहान । कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला सिरहाको भित्रीबाटो प्रयोग गरी लागुऔषधको कारोबार गर्ने दुई कारोबारीलाई लागू औषध सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेलहाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका–१२ सारस्वर स्थित मा प्रहरी चौकी बेलहाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्न खोज्दा स.३ प. ३४५६ नं. को मोटरसाईकल मा लागुऔषधसहित सवार कल्या...

उदयपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या ६२ पुग्यो

उदयपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या ६२ पुग्यो
उदयपुर । उदयपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या ६२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका, कटारी नगरपालिका, बेलका नगरपालिका, लिम्चुङबुङ र रौतामाई गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या ६२ पुगेको छ । त्रियुगा नगरपालिकाद्वारा निर्मित त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा आठ जना, नेपाली सेनाको शार्दुल गण बोलस्रोत व्यारेकमा चार महिला सहित २६ जना र लिम्चुङबुङ गाउँपालिकाको शिरवानी माध्यमिक विद्य...

त्रियुगा नगरपालिकाद्वारा कोरोना रोकथामको लागि १ करोडको कोष स्थापना

त्रियुगा नगरपालिकाद्वारा कोरोना रोकथामको लागि १ करोडको कोष स्थापना
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि १ करोडको कोष स्थापना गरेको छ । त्रियुगा नगर कार्यपालिकाको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।कोरोना भाइरसका कारण विश्वनै आक्रान्त भई रहेको समयमा आफनो नगर क्षेत्रमा सजकता अपनाईएको बजेट बिनियोजन गरेका हुन । भाईरसलाई रोकथाम गर्नको निम्ति त्रियुगा नगरपालिकाले १ करोड रुपैयाको आवश्यक सामग्री खरिद गर्नका ल...

पोखरामा कोरोना पोजेटिभ प्रमाणित नभएको मन्त्रालयको पुष्टी (भिडियो सहित)

पोखरामा कोरोना पोजेटिभ प्रमाणित नभएको मन्त्रालयको पुष्टी (भिडियो सहित)
काठमाडौँ । पोखरामा सातौँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएको हल्ला मात्रै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्त्ता डा. विकास देवकोटाले पोखरामा संक्रमित भेटिएको प्रमाणित भई नसकेको बताएका हुन् । ‘धेरै मिडियामा पोखरामा कोरोना पोजेटिभ रिपोर्ट आएको भन्ने खबर आएको छ’, प्रवक्ता देवकोटाले भने, ‘पोखरामा कुनै पनि प...

कोरोना भाइरस फेलिएको दिल्लीको सभामा उदयपुरका ५ जना सहभागी

कोरोना भाइरस फेलिएको दिल्लीको सभामा उदयपुरका ५ जना सहभागी
उदयपुर । धेरैलाई कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान गरिएको भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मरकज मस्जिदमा भएको धार्मिकसभामा केही नेपालीहरु मध्ये उदयपुरको पाँच जना पनि सहभागी भएको खुलेको छ । बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकजमा हुने धार्मिकसभामा दैनिक हजार भन्दा बढी श्रद्धालु सहभागी हुने गरेको बताइन्छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विरबहादुर बुढामगरका अनुसार त्रियुगा ...

उदयपुरको क्वारेन्टाइनमा बस्नेको संख्या ५१ पुग्यो

उदयपुरको क्वारेन्टाइनमा बस्नेको संख्या ५१ पुग्यो
उदयपुर । उदयपुरमा क्वरेन्टाइनमा बस्ने मानिसको संख्या दिनदिनै बढिरहेको छ । यसैक्रममा आज उदयपुरमा थप १६ जना क्वारेन्टाइनमा आएका छन् । जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख मोहन सुवदीका अनुसार रौतामाईमा थप ३ जना, मोतिगडामा ४ जना र बेलकामा ९ जना गरी आज १६ जना आएका हुन् ।थपिएसंगै रौतामाईमा ८ जना, मोतिगडामा ८ जना पुगेको छ । बेलकामा भने आज पहिलोदिन एकैचोटी ९ जना क्वारेन्टाइनमा आएका हुन । उता त्रिवेणी बेलसो...

उदयपुरमा कालाबजारी मौलायो, ग्यासमा १२ रुपैया ५० पैसा बढी असुल

उदयपुरमा कालाबजारी मौलायो, ग्यासमा १२ रुपैया ५० पैसा बढी असुल
उदयपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) ले देश आक्रान्त भईरहेको अवस्थामा उदयपुरमा कालाबजारी मौलाएको छ । सरकारले दैनिक उपभोग्य बस्तुमा मूल्य भन्दा १० प्रतिशत कम गर्न व्यवसायीहरुलाई भनिरहेको अवस्थामा भने उदयपुरमा ग्यास तथा खाद्यन्न पदार्थमा प्रचलित मूल्य भन्दा बढी लिइरहेको पाइएको छ । लकडाउनको मौका छोपी उदयपुरको सदरमुकाम गाईघाटमा केही दिनदेखि भित्रएको ग्यास तथा खा...

आगोमा जलेर महिलाको मृत्यु

आगोमा जलेर महिलाको मृत्यु
लहान । आगोमा जलेर सिरहाको गोलबजार नगरपालिकामा मंगलबार एक महिलाको मृत्यु भएको छ । गाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर सोमबार साँझ गम्भीर घाइते गोलबजार नगरपालिका–१ मुक्सार बरडाँडाकी ५७ वर्षीया देवसुनैरदेवी यादवको मंगलबार दिउँसो उपचारको मृत्यु भएको हो । शरीरको अधिकांश भाग जेलर गम्भीर घाइते यादवको स्थानीय भूमिजा हस्पिटल एण्ड टेक्निकल डेभलपमेन्ट सेन्टरमा उपचारको क्रममा मृत्...