उदयपुर । उदयपुरमा क्वरेन्टाइनमा बस्ने मानिसको संख्या दिनदिनै बढिरहेको छ । यसैक्रममा आज उदयपुरमा थप १६ जना क्वारेन्टाइनमा आएका छन् । जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख मोहन सुवदीका अनुसार रौतामाईमा थप ३ जना, मोतिगडामा ४ जना र बेलकामा ९ जना गरी आज १६ जना आएका हुन् ।थपिएसंगै रौतामाईमा ८ जना, मोतिगडामा ८ जना पुगेको छ । बेलकामा भने आज पहिलोदिन एकैचोटी ९ जना क्वारेन्टाइनमा आएका हुन । उता त्रिवेणी बेलसोतमा यसअघि देखिनै २६ जना रहदै आएका छन् । योसंगै जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ५१ पुगेको छ ।
स्थानीय प्रशासन, सुरक्षाकर्मीहरु खटिनुका साथै स्थानीय सरकारले विशेष चासो र सक्रियताका साथ विदेशबाट आउने र कोरोना भाइरसको संकास्पद मानिसको खोजी थालेपछि क्वारेन्टाइनमा आउनेको संख्या बढेको जनस्वस्थ्य प्रमुख सुवदीले बताउनुभयो । यसका साथै नागरिकहरुमा पनि विदेशबाट आउने वा संकास्पदले दुई हप्ता क्वारेन्टाइनमा बसेर आफु, परिवार र सिंगो देशलाई सुरक्षित पार्नुपर्छ भन्ने चेतना बढ्दै गएको पनि छ ।
क्वारेन्टानमा बस्दा नियमित स्वस्थ्य चेकजाँच हुने हुन्छ । जसले गर्दा संकास्पदका लागि राम्रो हुन्छ । त्यहाँ बस्दा स्वस्थ्य अवस्था सामान्य रहेमा घर फर्काइन्छ । विरामीको लक्षण देखिएमा उपचारको ब्यवस्था हुन्छ ।
क्वारेन्टाइनप्रतिको नकारात्मक धारणा र हल्लाहरु हटाउन स्थानीय सरकार तथा क्वारेन्टाइन व्यवस्थापन पक्षले राम्रो खान बस्नको प्रवन्धका साथै स्वस्थ्य चेकजाँचको राम्रो व्यवस्था मिलाउन सरकारले निर्देशन गरेको छ । सोही अनुसार सबै क्वारेन्टाइनमा ब्यवस्था मिलाइराखिएको छ । जनस्वस्थ्यले पनि अनुगमन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया