सरकारले खारेज गर्‍यो सांसद विकास कोष

सरकारले खारेज गर्‍यो सांसद विकास कोष
काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिबार आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो कार्यक्रम खारेज भएको बताएका हुन् ।प्रत्येक निर्वाचन क्षेत्रमा आयोजना छनोटका लागि सरकारले यसअघि निश्चित रकम विनियोजन गर्दै आएको थियो । गत आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ४ करोड विनियोजन गरिएको थियो भने त्यसभन्दा अघिल्लो आर्थिक व...

ज्येष्ठ नागरिकको मासिक भत्तामा एक हजार वृद्धि

ज्येष्ठ नागरिकको मासिक भत्तामा एक हजार वृद्धि
काठमाडौं । सामाजिक सुरक्षा भत्तामा मासिक एक हजारले वृद्धि गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८-७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विषणु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए । ...

झापा संघर्षका चर्चित नेता नै गणतन्त्रको विपक्षमा थिए : नेता गौतम

झापा संघर्षका चर्चित नेता नै गणतन्त्रको विपक्षमा थिए : नेता गौतम
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गणतन्त्र स्थापना गर्न योगदान दिने शहीद र योद्धाहरु सम्झिएका छन् । गणतन्त्र दिवसको शुभकामना दिंदै गौतमले शहीदको सपना साकार पार्न दृढतापूर्वक उभिन आह्वान समेत गरेका छन् ।गौतमले फेसबुक स्टाट्स लेख्दै गणतन्त्र ल्याउन योगदान दिने नेताहरुको नाम समेत उल्लेख गरेका छन् । नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र न...

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा ७२ बुँदे सम्बोधन [पूर्ण पाठ]

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा ७२ बुँदे सम्बोधन [पूर्ण पाठ]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरना महामारी नियन्त्रणमा भइरहेको प्रयासबारे जानकारी गराएका छन् भने प्रतिनिधि सभा विघटन र नयाँ चुनावको मिति घोषणाबारे औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् । प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्ण पाठ यस्तो छ : आदरणीय दिदीबहिन...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु
राजेन्द्र महतो, लहान । करेन्ट लागेर सिरहामा एक पुरुष को मृत्यु भएको छ। जिल्लाको नवराजपुर गाउँ पालिका २ मझौराका ३५ बर्शिय लक्ष्मण महतोको शुक्रबार करेन्ट लागेर मृत्यु भएको हो । लहान नगरपालिकाका ८ स्थित ससुराली घरमा केहि बर्ष देखि बस्दै आएका महतोको शुक्रबार बिहान हात मुख धुनेक्रममा टुवेलमा जडान गरिएको पानी तान्न्ने मोटरमा बिधुत प्रवाह भई करेन्ट लागेको प्रहरीले जनाएको छ । महतोलाई शरीरमा बिधुत प्...

त्रियुगा नगरपालिकामा मात्रै ७० जनामा कोरोना, संक्रमितको संख्या एघार सय नाघ्यो

त्रियुगा नगरपालिकामा मात्रै ७० जनामा कोरोना, संक्रमितको संख्या एघार सय नाघ्यो
उदयपुर । उदयपुरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आज (शुक्रबार) उदयपुरमा ३६ महिला र ४२ पुरुष गरी ७८ जना पुगेको छ । सवैभन्दा बढी त्रियुगा नगरपालिकामा ३१ महिला र ३९ पुरुष गरी ७० जनामा कोरोना पुष्टी भएको छ । यस्तै बेलका नगरपालिकामा ३ महिला र २ पुरुष गर ि५ जनामा कोरोना देखिएको छ भने बेलका नगरपालिका २ का ६५ वर्षिय पुरुषको विराट मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा विहिबार साँझ मृत्यु भए...

पूर्व प्रधानन्यायाधीशहरुले भने, संविधान नै नरहने खतरा बढ्यो

पूर्व प्रधानन्यायाधीशहरुले भने, संविधान नै नरहने खतरा बढ्यो
काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटन र संविधानको कार्यान्वयन विपरीत दिशातर्फ भइरहेको भन्दै अब संविधान नै समाप्त हुने खतरा बढेको बताएका छन् । पूर्वप्रधान्यायायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘‍…धारा ७६ को प्रयोगको सम्बन्धमा हाल भएका अभ्यासहरु संविधानको अक्षर र भावना एवं प्रजातन्त्रको मूल मर्म प्रतिकूल ...

बेल्टारमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

बेल्टारमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
उदयपुर । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले दोस्रो पटक संसद विघठन विरुद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा एमाले माधव समूह आन्दोलित भएका छन् । उदयपुरको बेल्टारमा पनि विहिबार साँझ प्रधानमन्त्री केपी ओली सरकारको असंबैधानिक कदम बिरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको अग...

उदयपुरमा कोरोनाबाट मर्ने क्रम रोकिएन, संक्रमितको संख्या एक हजार बढी

उदयपुरमा कोरोनाबाट मर्ने क्रम रोकिएन, संक्रमितको संख्या एक हजार बढी
उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट मर्ने क्रम रोकिएको छैन् । विहिबार विहान जिल्ला अस्पताल उदयपुरमा एक ४० वर्षिय युवकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका २ मोथियाहीको युवकको कोरोनाको कारण मृत्यु भएको हो । ज्वरो आएपछि १५ दिन अघि जिल्ला अस्पताल उदयपुरमा चेकजाँच गराउँदा कोरोना पुष्टी भएको थियो । कोरोना पुष्टी भएपछि उनी उपचारको लागि सुविधा सम्पन्न अस्पताल विपी कोइराला विज्ञान स्वास्थ्य प्रतिष्ठान ...

उदयपुरमा टिकटक बनाउँदा बनाउँदै पासो लागेर मृत्यु

उदयपुरमा टिकटक बनाउँदा बनाउँदै पासो लागेर मृत्यु
उदयपुर । उदयपुरमा टिकटक बनाउँदा बनाउँदै पासो लागेर एक वालिकाको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका ९ का जीतबहादुर बस्नेतका ११ वर्षिय छोरी संजीता बस्नेतको ज्यान गएको हो । बुधबार साँझ आमा बुवा भान्सा कोठामा खाना खाँदै गर्दा अर्को कोठामा छोरीले मुढामाथि मुढा राखेर सलको पासो लगाई भिडियो बनाउने क्रममा मुढा चिप्लिएर मृत्यु भएको स्रोतले जानकारी दिए । मोबाइल धरिनमा राखेको अवस्थामा फेला परेको र घाटीमा स...