उदयपुर । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले दोस्रो पटक संसद विघठन विरुद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा एमाले माधव समूह आन्दोलित भएका छन् । उदयपुरको बेल्टारमा पनि विहिबार साँझ प्रधानमन्त्री केपी ओली सरकारको असंबैधानिक कदम बिरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको अगुवाईमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको थियो । बेल्टार बजारमा गरिएको राके जुलुस पुष्पलाल चोकमा पुर्याएर जलाएका थिए । जुलुस शुरु हुना साथ नेपाल प्रहरी र शसस्त्र प्रहरीले जुलुसमा हस्तक्षेप गरेपनि सफल हुन सकेनन् । राके जुलुस र पुत्ला पुष्पलाल चोक पुर्याएर जलाएका थिए । राके जुलुस पछिको कोण सभालाई सम्बोधन गर्दै नेबिसंघ नगर सभापती बिवस राईले बर्तमान सरकारको अलोकतान्त्रिक कार्य सच्याउन जनताले रगत बलिदान दिनु पर्ने भए दिन तयार रहेको भन्दै संविधान रक्षार्थ जस्तो सुकै लडाईं लड्न तयार रहेको घोषणा गरेका थिए । राके जुलुस सामाजिक दुरी कायम गरेर गरेको थियो ।यसै बिच चौदण्डीगढी नगरपालिकामा पनि आन्दोलनरत दलका नेताहरुले संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै सरकारको कदमको बिरोध गरेका छन् । विज्ञप्तीमा नेपाली जनताले हिजोदेखि आजसम्म राणा शासन फाले, पञ्चायत फाले, राजा फाले, जाबो खड्ग प्रसाद शर्मा ओली फाल्न धेरै समय लाग्दैन भन्दै विज्ञप्तीमा जनाएको छ ।विज्ञप्तीमा नेपाली काँग्रेस चौदण्डीगढी नगर सभापति राजेन्द्र पौडेल, नेकपा माओवादी केन्द्र चौदण्डीगढी नगर इन्चार्ज कुमार खड्का, जनता समाजवादी पार्टी नेपाल चौदण्डीगढी अध्यक्ष भुपेन्द्र राई र नेकपा एमाले चौदण्डीगढी नगर अध्यक्ष विसन विष्टले हस्ताक्षरण गरेको छ ।

 

तपाईको प्रतिक्रिया