सप्तरीका पूर्वसभासद सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ
सप्तरी । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता समेत खोलेको पाइएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए ।उनले नक्कली उपभोक्...













