उदयपुर । गत चैत्र २९ गते उदयपुरको त्रियुगा नगरपालिका ७ शितलपुरकी एक महिलाको रहस्यमय मृत्यु भयो । ५१ बर्षिय चुना खड्का कार्की र श्रीमान् पूर्वशिक्षक राजन कार्की विगतका दिनहरुमा श्रीमान श्रीमति विच झैझगडा, कुटपिट हुने गरेको थियो । तर, चैत्र २९ गतेको घटना फरक किसिमको रह्यो । जसले गर्दा ति महिलाको मृत्युलाई माइती पक्षले आत्महत्या नभएर हत्या भएको आरोप लगाएका छन् ।
मृतककी कान्छा काका नवराज खड्काले एक विज्ञप्ती जारी गर्दै मादक पदार्थ सेवन गरेर श्रीमानले श्रीमतिको हत्या गरेको आरोप लगाएका छन् । ‘जहिले पनि मादक पदार्थ पिएर दिनहँु जसो कुटपिट र याताना दिइरहेने राजन कार्कीले सोही दिन दिउँसो पनि कपालको चुल्ठोमा पक्डिएर कुटपिट गरेको प्रत्यक्षदर्शी छिमेकीलाई उध्रित गर्दै विज्ञप्तीमा जनाएको छ । ‘घटना घटेको दिन बेलुका कुटपिट सहन नसकेपछि मृतक चुना घर छेउको सडकसम्म गई ‘मलाई मा¥यो बचाउँ’ भन्दै छिमेकीसँग गुहार मागेको कुरा छिमेकीले पनि सुनेका छन् । यसरी हेर्दा उक्त घटना कुटपिटबाटै भएको भन्ने हाम्रो ठम्याई छ । कुटपिटले शरिरमा चोटपटक लाग्नुका साथै मृतकको कान र मुखबाट लगातार खुन बगिरहनुले पनि चुनाको मृत्यु कुटपिटबाटै भएको पुष्टि हुन्छ’ विज्ञप्तीमा भनिएको छ ।


‘पिडक पक्षले विष पिएर आत्महत्या गरेको भन्ने कुरा अगाडि तेस्र्या¥यार पिडक पन्छिन खोजेको विषयमा हामी विश्वास गर्ने पक्षमा छैनौं । मृतकले कुन विष पिएको ?, कति पिएको ? कति बिषको असर कति हुन्छ ? बिष पिउँदाको लक्षणमा मृतक थिइन त ? यी सबै कुरा अनुत्तरित छन् । मृतकको आसपासमा बिषको कुनै भाँडो पनि देखिएको थिएन ।’ विज्ञप्तीमा भनिएको छ, ‘विष सेवन गरेको सामान्य लक्षण पनि छैन । विष पिउँदाको लक्षण के हुन्छ ? पिडा, जलनका साथ लगातार बान्ता आउँछ की, कान र मुखबाट रगत आउँछ ?’ विज्ञप्तीमा अनुसन्धानको लागि थुनामा राखिएको पिडकलाई छाडिएको र यस घटनालाई सामान्य रूपमा लिएर ढाकछोप गर्न खोजिएको आरोप लगाएका छन् ।
मृतकका भदा अर्जुन खड्काका अनुसार यतिसम्मको हो कि मृतक फुपु चुना खड्का कार्कीको बुबाको स्वर्गवास भएको समयमा श्रीमान राजन कार्कीले १३ दिने काजक्रियासम्म माइतीमा बस्न नदिएको बताउँछन् । बुबाको जुठो बार्न समेत नदिएको, श्रीमान रक्सीले मातेर बारम्बार माइतीमै कुटपिट गर्ने, फुपु कहिले काँही माइत आएको बेला आमालाई गुनासो गर्ने गरेको उनले बताए । अर्जुन खड्का अनुसार घटना घटेको दिन दिउँसै कुटपिट भएको थियो तर, पीडक पक्षले अस्पताल समेत नलगेको आरोप पीडित पक्षको रहेको उनले बताए । कुटपिट भएर बेहोस भएको माइती पक्षले थाह पाएपछि अस्पताल ल्याएको र ल्याउने क्रममा बाटैमा मृत्यु भएको उनले बताए ।
यस घटनामा जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले यस घटना अनुसन्धानकै क्रममा रहेको, पोष्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताए । पोष्टमार्टम रिपोर्ट आएपछि हत्या वा आत्मा हत्या वा अन्य कुनै कारणले मृत्यु भएको पुष्टि हुने बताए । उनका अनुसार यस घटनालाई अहिले हत्या वा आत्माहत्या यसै अहिले भन्न नसकिने बताए ।

तपाईको प्रतिक्रिया