सप्तरी । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता समेत खोलेको पाइएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए ।उनले नक्कली उपभोक्ता समिति बनाएर सरकारी छाप किर्ते गरेको थाहा पाएपछि नेता यादवलाई पक्राउ गरेको र उनको बारेमा थप अनुसन्धान भइरहेको जनाए । यादवमाथि सरकारी छाप किर्ते गरेको आरोपमा मुद्दा चलाउने प्रहरीले बताएको छ ।
सभासद् भएको बेलामा उनी रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा पनि पक्राउ परेका थिए । त्यसवारे अझै उनको मुद्दा विचाराधिन छ ।

तपाईको प्रतिक्रिया