उदयपुर । नेपाल पत्रकार महासंघको आह्वानमा देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारले धर्ना दिएका छन् ।
साइवर अपराध कानुन पत्रकारका लागि नभएको र प्रेस स्वतन्त्रता ग्यारेन्टी गर्नुपर्ने मागसहित उदयपुर जिल्ला प्रशासन कार्यालयमा बिहीबार एक घण्टा पत्रकारले धर्ना दिएका हुन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालयको चौरमा १ घण्टा धर्ना दिएका थिए । धर्नालाई सम्बोधन गर्दै अध्यक्ष खड्काले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी हुनु पर्ने बताए । उनले समाचार लेखेकै भरमा पत्रकारलाई साइबर अपराधमा मुद्धा चलाउने कानून हामीलाई कदापी मान्य नहुने बताए । पत्रकारलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल र सूचना विभाग हुँदा हुँदै साइबर अपराधमा कानून चलाउन नहुने बताए ।
पोखराको ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई समाचार लेखकै आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नियन्त्रणमा लिएकोले पत्रकारहरू आन्दोलित छन् । उनलाई विना शर्त रिहाइको माग गर्दै पत्रकारले धर्ना दिएका हुन् ।
पोखराका व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको समाचार लेखेका गिरी प्रहरी नियन्त्रणमा छन् ।

Posted by नागरिक बहस Nagarik Bahas on Thursday, 18 April 2019

तपाईको प्रतिक्रिया