
सुखिलाल चौधरी, उदयपुर । मंगलबार रातभरि आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुरमा एक जनाको मृत्यु भएको छ । रातको १० बजेदेखि १२ बजेसम्म दुई घण्टा आएको भीषण हावाहुरी र चट्याङबाट कटारी नगरपालिका ८ बबलामा ३७ वर्षिय कालीमाया आले मगरको मृत्यु भएको छ ।
मगरको घरमा नै बसिरहेको अवस्थामा हावाहुरीसँगै आएको चट्याङले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) चन्द्रदेव राईले बताए । मगरको शव परीक्षणको लागि कटारी अस्पताल लगिएको पनि प्रहरी प्रमुख राईले बताए ।
हावाहुरीका कारण जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डी तथा बेलकाका विभिन्न स्थानमा आधा दर्जन भन्दा बढीको घरको छानो उडाएको प्राम्भिक सूचना आएको प्रहरीले जानकारी दिएको छ । हावा हुरीले त्रियुगा नगरपालिका ३ स्थित चाँपका कोकाई दास चौधरीको घरको छानो, बलो, अन्नपात्त उडाएको छ । हाबाहुरीबाट करिव अढाई लाख बराबरको क्षति भएको प्रहरीको अनुमान रहेको छ । त्रियुगा नगरपालिका ३ हातिमारा टोल बस्ने उर्मिला मल्लिकको टिनको छानो, बाँसको बेरा भएको घरको छानो हावाहुरीले उडाई अन्दाजी ७५ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै त्रियुगा बस पार्कमा निर्माण भएको बस काउण्टरको टिनको छानो समेत उडाएको छ । पाँच वर्ष अगाडी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरीद्वारा निर्मित टिकट काउण्टरको भवनको छानो उडाएर ५० मिटर टाढा पुर्याएको मजदुर नेता दिल बहादुर तामाङले बताए । उनका अनुसार छानो उडाउँदा तीन वटा मजदुर संगठनहरुको कागजपत्र समेत भिजेर नष्ट भएको बताए । प्रहरीका अनुसार काउण्टर भवनको छानो उडाउँदा ३ लाख बराबरको क्षति भएको जानकारी दिए ।
यस्तै हावाहुरीले त्रियुगा नगरपालिका २ जोगिदह बस्ने ध्रुब परियारको काठले बनेको घरको टिनको छानो उडाउँदा एक लाख बराबरको क्षति भएको छ ।
त्रियुगा नगरपालिका ८ उतराई टोल देउरी बस्ने रामकृष्ण चौधरीको ईटाको गारो भएको घरको टिनको छानो उडाएको र चामल समेत उडाई अन्दाजी ५५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सोही टोल बस्ने सबिना चौधरीको ईटाको गारो भएको घरको टिनको छानो उडाएको र १५ मन धान, ५० मन चामल गरी अन्दाजी ५५ हजारको क्षति भएको प्रहरीले जानकारी दिए ।
हावाहुरीले त्रियुगा बस पार्क, जलजले र मुर्कुचीमा विद्युतको पोल ढलेर विद्युत अवरुद्ध भएको थियो । हावाहुरीले खैजनपुर, जोगिदह, हडिया, मुर्कुची लगायतका स्थानीयहरुको घरमा क्षति पुर्याएको प्रारम्भिक तथ्याङ्क आएको प्रहरीले जानकारी दिए ।
हावाहुरीका कारण जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डी तथा बेलकाका विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपलाई क्षति पुर्याएको छ । हावाहुरीले करोडौँको लिची र आँप क्षति भएको स्थानीयवासीले बताएका छन् ।
हावाहुरीका कारण चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर तथा बेलका नगरपालिकाको तपेश्वरी भागलपुर क्षेत्रमा लिची तथा आँपका फल खसालेको चौदण्डी नगरपालिका–५ सुन्दरपुरका जगतराम चौधरीले बताए ।
यता त्रियुगा नगरपालिका–१ को जोगिदह तथा खैजनपुर क्षेत्रमा पनि फल लाग्दै गरेको लिची र आँपमा ठूलो क्षति पुगेको स्थानीयवासी पुलकित चौधरीले बताए । हावाहुरीका कारण झण्डै ४० प्रतिशत आँप र लिचीमा क्षति पुगेको चौधरीले बताए । कटारी नगरपालिकाको रिस्कु क्षेत्रमा पनि हावाहुरीले आँपमा क्षति पुगेको रिस्कुका मानबहादुर दनुवारले बताए ।
https://www.facebook.com/1828150850557308/photos/pcb.2237795042926218/2237794476259608/?type=3&__tn__=HH-R&eid=ARCfO8YPMBi_RNRX8GFyk_W_6gUcb-SbbTQx0eSe79vaCOq925d5tuIYyzDSTfNAZ_iSEJVlNBRbwyqV&__xts__%5B0%5D=68.ARC0vYw2kp46lh0iL1OBfL6UWhDyJ-DJKtzZgwNJN_HLDr19TeXwsMW4DwVQTQyWLILNqDM4jteS4nf7ivuzHvZmx_LihgYJS4pyF_ORiPBj7UrjgNH8axubkDtWpZxOKO3shkKFDWezaLmkiPYzY2u3VJK5cPiACb4SRoGAbxWd4WRl5-0RHlkXK7KmJLr3Q0cXxUO2Ouw6j0Q8FgZe74Bg-vfsc-Du8m9PvpyaRzHqdFB5aapICe7XiH3HXFhArO0R24yfbWjggK76fR-tzZagqlD1R1gDbCU-cREesoQJkOp3Y2mt_bgsDZxRmY1V47-KHovJUPAEjyE4UHm_s41NzDkc
https://www.facebook.com/1828150850557308/photos/pcb.2237795042926218/2237794562926266/?type=3&__tn__=HH-R&eid=ARCSvCwxiIAFITZztoyZSyq_5AQ-rzEHRkVQsHqzSE3EAQcua4SnUeVQeapW6ng_jMW6rBT-iZhDcH5S&__xts__%5B0%5D=68.ARC0vYw2kp46lh0iL1OBfL6UWhDyJ-DJKtzZgwNJN_HLDr19TeXwsMW4DwVQTQyWLILNqDM4jteS4nf7ivuzHvZmx_LihgYJS4pyF_ORiPBj7UrjgNH8axubkDtWpZxOKO3shkKFDWezaLmkiPYzY2u3VJK5cPiACb4SRoGAbxWd4WRl5-0RHlkXK7KmJLr3Q0cXxUO2Ouw6j0Q8FgZe74Bg-vfsc-Du8m9PvpyaRzHqdFB5aapICe7XiH3HXFhArO0R24yfbWjggK76fR-tzZagqlD1R1gDbCU-cREesoQJkOp3Y2mt_bgsDZxRmY1V47-KHovJUPAEjyE4UHm_s41NzDkc
https://www.facebook.com/1828150850557308/photos/pcb.2237795042926218/2237794509592938/?type=3&__tn__=HH-R&eid=ARDRWP67YAhdob54d8KRdAuDGkrxVBcN39ihje1GByU9QwdASSjD5vVnBHh7MsSIuKMIK6bWNmYjbfir&__xts__%5B0%5D=68.ARC0vYw2kp46lh0iL1OBfL6UWhDyJ-DJKtzZgwNJN_HLDr19TeXwsMW4DwVQTQyWLILNqDM4jteS4nf7ivuzHvZmx_LihgYJS4pyF_ORiPBj7UrjgNH8axubkDtWpZxOKO3shkKFDWezaLmkiPYzY2u3VJK5cPiACb4SRoGAbxWd4WRl5-0RHlkXK7KmJLr3Q0cXxUO2Ouw6j0Q8FgZe74Bg-vfsc-Du8m9PvpyaRzHqdFB5aapICe7XiH3HXFhArO0R24yfbWjggK76fR-tzZagqlD1R1gDbCU-cREesoQJkOp3Y2mt_bgsDZxRmY1V47-KHovJUPAEjyE4UHm_s41NzDkc









