त्रियुगा नगरपालिका १२ मा खसेको मत सार्वजनिक नगरी मतगणना गरिँदै
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा स्थगित भएको मत गणना आज (मंगलवार) बाट गरिने छ । त्रियुगाको १२ नं. वडामा भएको विवादका कारण त्रियुगामा स्थगित भएको गणना आजबाट सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा नगरपालिका १२ मा खसेको मत सार्वजनिक नगरी मत गणना शुरु गर्न लागिएको छ । निर्वाचन आयोगको जेठ ९ गतेको निर्णय अनुसार स्थानीय तहको निर्वाचन बैशाख ३० गतेमा भएको मतदानको मत...












