‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’

‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’
काठमाडौं । अहिले आधुनिक मोवाईल प्रविधिको जमाना छ । जो कोहीको हातमा मोवाईल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ । स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ । धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरमै सम्पन्न गराईदिन्छ । आजभोली मोवाईलको प्रयोग सूचना आदान प्रदान भन्दा अरु नै काममा बढी छ । स्मार्ट फोनले गर्दा यो सबै सहज बनाईदिएको हो । हामी मोवाईल भएपछि...

विप्लव समूहको प्रहरी चौकी आक्रमण गर्ने पहिलो प्रयास असफल

सोलुखुम्बु  । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा रहेको प्रहरी चौकी आक्रमणको प्रयास असफल भएको छ । आइतबार राति विप्लव समूहले आक्रमण गर्ने सूचना पाएपछि चौकीमा रहेका प्रहरी हतियारसहित सुरक्षित ठाउँमा गइसकेकोले आक्रमणको प्रयास असफल भएको हो । राति १२ बजेको समयमा विप्लव समूहका झण्डै ३० जना कार्यकर्ता हतियारसहित प्रहरी चौकीमा पुगेको...

मेयरसहित चारजनाविरुद्ध पक्राउ पुर्जी

मेयरसहित चारजनाविरुद्ध पक्राउ पुर्जी
सप्तरी । राष्ट्रिय वन क्षेत्रमा अनधिकृत रुपमा नाला निर्माण गर्न एक्साभेटर प्रयोग गर्ने मेयरसहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।राष्ट्रिय वन क्षेत्रमा अनधिकृत रुपमा नाला निर्माण गर्न एक्साभेटर प्रयोग गर्ने मेयरसहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । डिभिजन वन कार्यालय सप्तरीले सप्तकोसी नगरपालिकाका मेयर उत्तमकुमार शर्मा, वडा नम्बर १ का अध्यक्ष नारायण आचार्य र उपभोक्...

लागूऔषध दुव्र्यसनी विरुद्ध अभिमुखीकरण कार्यक्रम

लागूऔषध दुव्र्यसनी विरुद्ध अभिमुखीकरण कार्यक्रम
डिएन चौधरी, उदयपुर । उदयपुरमा लागूऔषध दुव्र्यसनी बिरुद्ध एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । त्रियुगा नगरपालिका ८ बैरनीमा लागूऔषध दुव्र्यसनी बिरुद्ध १ दिने अभिमुखिकरण कार्यक्रम आईतवार सम्पन्न भएको छ । “सक्षम युवा त्रियुगा नगरको पहिचान दुव्र्यसनी विरुद्धको अभियानग” नारासंगै वडा स्तरीय युवा क्लव ८ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । वडा भित्रका युवाहरुलाई लागु औषध दुव्र्यसनी बिरुद्ध स...

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु
उदयपुर । उदयपुरमा तीन तल्ले घरको छतबाट लडेर शनिबार एक महिलाको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका ६ पुष्पलाल चोक बेल्टारकी वर्ष ३६ की अनिता भन्ने रेमनी देवी साह घरको छतबाट लडेर घाइते भएकी थिईन् । उनले शनिबार बिहान सवा ८ बजे छतमा लुगा सुकाउने क्रममा ३ तल्ले घरको छतबाट लडेर गम्भीर घाइते भएकी थिईन् । गम्भीर घाइते भएकी साहलाई उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार हुँदै थप ...

पाँच हजारद्वारा वृति परामर्श तथा रोजगार मेलाको अवलोकन, ९ सयले रोजगार पाउँदै

पाँच हजारद्वारा वृति परामर्श तथा रोजगार मेलाको अवलोकन, ९ सयले रोजगार पाउँदै
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा संचालित वृति परामर्श तथा रोजगार मेलाको पाँच हजारले अवलोकन गरेको छ । शुक्रबार त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वाणिज्य संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरद्वारा आयोजित मेलामा पाँच हजारले प्रत्यक्ष अवलोकन गरेका थिए । मेलाको उद्घाटन प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्दै सिप क्षमता योग्यता हुनेहरुलाई तुरुन्त रोजगारी पाउने ...

निजामति सेवामा १० प्रतिशत आरक्षणको माग गर्दै थारु समुदाय

निजामति सेवामा १० प्रतिशत आरक्षणको माग गर्दै थारु समुदाय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामति सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा केही कमजोरी भएको भन्दै त्यसलाई संशोधन गरेर जाने प्रतिवद्धता जनाउनुभएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा दर्ता गरिएको सो विधेयकमा गरिएको आरक्षणमा केही सुधार गर्नुपर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो । थारु प्रतिनिधिहरुसँग ...

स्कुल बसको ठक्करबाट मोटर साइकल चालकको मृत्यु, एक जना घाइते (तस्विरसहित)

स्कुल बसको ठक्करबाट मोटर साइकल चालकको मृत्यु, एक जना घाइते (तस्विरसहित)
राजेन्द्र महतो, लहान । चोहर्वा–सिरहा सडक खण्डको नरहा गाउँपालिका–५ पेट्रोल पम्प नजिक स्कुल बसको ठक्करबाट मोटर साइकल चालकको मृत्यु भएको छ । बा. १ ख ६८८५ नम्बरको स्कूल बसको ठक्करबाट स.७ प ९७३८ नम्बरका मोटर साइकल चालक ३७ वर्षिय रहमान खानको मृत्यु भएको छ भने ३६ वर्षिय अन्जार खान घाइते भएका छन् । स्कूल बसको ठक्करबाट घाइते रहमानको उपचार गर्न लैजाने क्रममा बाटैमा मृत्यु भएको ट्राफिक प्रहरी पोस्ट बिशनुपुर...

कर्मचारीहरुले बन्द / हडताल गर्न नपाउने कानून ल्याउँदै

कर्मचारीहरुले बन्द / हडताल गर्न नपाउने कानून ल्याउँदै
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले कर्मचारीहरुले बन्द र हडताल गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आफ्नो तलबसहितको सेवा, सुविधा प्राप्तीका लागि पनि बन्द र हड्ताल गर्नेक्रम बढिरहेको उल्लेख गर्दै त्यसो हुन नदिने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामत...

मिनी ट्रकले म्याजिकलाई ठक्कर दिँदा १२ घाइते

मिनी ट्रकले म्याजिकलाई ठक्कर दिँदा १२ घाइते
सप्तरी । सप्तरीमा मिनी ट्रकले म्याजिकलाई ठक्कर दिँदा १२ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ कुशहामा भएको दुर्घटनामा १२ जना घाइते भएका हुन् । पूर्वबाट पश्चिमतर्फ गईरहेको ना. १ ज ५५५६ नम्बरको म्याजिकलाई सोही दिशाबाट आउँदै गरेको को. १ क २१२० नम्बरको मिनी ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा घाइते सवैलाई उपचारको लागि सिराहाको लहान पठाइएको इलाका...