उदयपुर । उदयपुरमा मंगलबार विहान साढे सात बजे राजश्व छलेर ल्याउँदै गरेको अवैध सुर्ती प्रहरीले बरामद गरेको छ । त्रियुगा नगरपालिका १० बाँसघारीमा प्रहरी चेकजाँचको क्रममा ४ लाख ५० हजार बराबरको आन्तरिक राजश्व कार्यालयको स्टिकर नलागेको अवैद्ध सुर्ती बरामद गरिएको हो ।
को.१ ज २६९३ नम्बरको बोलेरो पिकअप गाडीलाई चेकजाँचको क्रममा ४५ बोरा आन्तरिक राजश्व कार्यालयको स्टिकर नलागेको अवैध सुर्ती पक्राउ परेको परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । सुर्तीसहित पिकअप गाडी, चालक सुनसरी धरान उपमहानगरपालिका ११ बस्ने वर्ष २४ को दिपक नेपाली र सोही उपमहानगरपालिका १६ वस्ने वर्ष ३२ सुर्ती साहु मान बहादुर तामाङलाई पक्राउ गरि आवश्यक कारबाहीको लागि राजश्व कार्यालय इटहरी पठाईएको प्रहरीले जानकारी दिए ।













