उदयपुर । विश्व वातावरण दिवसको अवसरमा उदयपुरमा विभिन्न प्रजातिका १ सय २६ वटा बोटविरुवा रोपिएको छ । ‘स्वच्छ वायु, स्वास्थ जीवन’ भन्ने मुलनाराका साथ डिभिजन वन कार्यालयको आयोजनामा सदरमुकाम गाईघाटस्थित शान्तिधाममा बृक्षारोपण गरिएको हो ।
त्रियुगा नदी किनारामा झण्डै एक विघा क्षेत्रफल ओगटेको शान्तिधाममा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले लिच्चिको बोट रोपेर उद्घाटन गरेका थिए । कार्यक्रममा सहभागिहरुले लिच्चि, आँप, कटहर, अमला, मसला, बाँस, टिक, खयर लगायतका विभिन्न प्रजातिका गरी १ सय २६ विरुवा रोपिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख परियारले विरुवा रोप्नु भन्दा पनि त्यसको संरक्षणमा मुख्य ध्यान दिनु पर्ने बताए । उनले रोपिएका विउँको संरक्षण र सम्र्बद्धनका लागि आयोजकलाई ध्यान दिन आग्रह गरे । उनले बृक्षारोपणले उजाड क्षेत्र र लोपन्मुख बिरुवाको संरक्षण र संवद्र्धनकासाथै हरियालीमा परिणत हुने हुँदा स्थानीयमा अपनत्व हुनु पर्नेमा जोड दिए ।
वातावरणिय हिसावले संम्बेदनशिल र विगतको डम्पिङ्ग साइडको रुपमा प्रयोग हुँदै आएको शान्तिधामलाई डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा हरियाली प्रर्वद्धन कार्यक्रम शूरुवात गर्ने समेत सो अवसरमा घोषणा गरियो । कार्यक्रममा जिसस उपप्रमुख गंगा राई, त्रियुगा नगरपालिकाका उपप्रमुख देविकुमारी चौधरी, प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की लगायतले बोलेका थिए ।
https://www.facebook.com/photo.php?fbid=328788828015720&set=pcb.328790831348853&type=3&__tn__=HH-R&eid=ARBFw-BlHwk6RpXST_v_zGZxlSCEn_6xJb0kOkNXHndrPr6pa4DsH77Ca8FJNHqOtdNo631oKG5fCvXK
https://www.facebook.com/photo.php?fbid=328788801349056&set=pcb.328790831348853&type=3&__tn__=HH-R&eid=ARAWzu5LM3hcjQEBYcN0AdFMfL4WVrrg0m92tFHicGTXZTsm9Ut6pL_bT7aubRbEsKQZVmSYmhARXYTN
https://www.facebook.com/photo.php?fbid=328788838015719&set=pcb.328790831348853&type=3&__tn__=HH-R&eid=ARDeKeoEEfOUTPRHA0vXnbVwuyfacF1JD36z-xqUbG9FtJ3_e1RnCOv7FsDeJk6dKLNisohhpzN4W8_i
https://www.facebook.com/photo.php?fbid=328788874682382&set=pcb.328790831348853&type=3&__tn__=HH-R&eid=ARC2TMycU4Vsl6sGe4crqUJyZNv_szAlICTQIDjL4jOBlbcGKcplkfQeDeYbbI_1fRnXNbGJRPu8mVRE
https://www.facebook.com/photo.php?fbid=328789011349035&set=pcb.328790831348853&type=3&av=100026538161072&eav=AfaYUzgjSd0Rn6i6-xnePzcktIDKX9KsKejeM3CqvxMu8aPKWhqQFtko4FnpS05G6tA&__tn__=HH-R-R&eid=ARBs-x-yT79eid7sDMQeba3bawuLGfDKfphv9-aAhHLf7a5YHzZ0Ocy6QeSQu04GQawHErLGpW6AQ88Q
https://www.facebook.com/photo.php?fbid=328788908015712&set=pcb.328790831348853&type=3&av=100026538161072&eav=AfYuqCL8B_g5RTeHrfCPyiislhpy–JkDoXciUBULL3zfUzLb34XwCLt6TNzB7wv-E0&__tn__=HH-R-R&eid=ARAZNT5GGsTs-w40WR5RbBZSsXFfqdO8TcFQ2pLjXSg3yekHCD9Wtq1WQzELmT-rOn4BP7mCXWChNPkp
https://www.facebook.com/photo.php?fbid=328789018015701&set=pcb.328790831348853&type=3&av=100026538161072&eav=Afa_v4c5uDCiQz3D4Z0-pbgwjvIHgQupfvs3X5vqZ-6BCYKI2qdp9tlwkUUDvRRGz8g&__tn__=HH-R-R&eid=ARCuek4eqwFLw8iMKXiNe8j2GcFvSPKUwDKAUiTE33D8FTnHsiAnVLPRQC1pKsdWVeEqP7Ri4CzI3DnZ
https://www.facebook.com/photo.php?fbid=328788954682374&set=pcb.328790831348853&type=3&av=100026538161072&eav=AfZRBv4POMtx5pcZVNlrXQOXPD2Cr8JIRU_m1Tyg1fL5RrTZK6z2iCfYzc3Xe3jk8co&__tn__=HH-R-R&eid=ARCQ2HcmCrNZXEBb2zHTNRj6FSqJQaT4QuoMw4_huMJTqTtunM94981czs8ez1b7w0emL1ofmWWM42Uv









