उदयपुरमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
उदयपुर - उदयपुरमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ । उच्च अदालत पाटनको २०७९ माघ २३ गतेको फैसलाले एक दिन कैद र २ लाख जरिवाना भएका बैंङकिङ कसुर मुद्धाका फरार प्रतिवादी त्रियुगा नगरपालिका ७ चुहाडे बस्ने २९ वर्षिंय कमल श्रेष्ठ पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बुधबार लुकिछीपी बसेको अवस्थामा निजकै घरबाट पक्राउ परेको जि...













